गुरुदत्त न्यौपाने/सिओल
दक्षिण कोरियामा आउदो हप्ता हुने स्थानीय तहको चुनाव र रास्ट्रिय सभा उपचुनाव का लागी आज बाट प्रारम्भिक मतदान (अर्लि भोटिङ) शुरु भएको छ।
नव निर्वाचित कोरियाली रास्ट्रपति युन सुक योलको कार्यकाल सुरु भएको एक महिना नवित्दै हुन लागेको स्थानीय तह तथा रास्ट्रिय सभाको उप चुनाव को नयाँ जनादेश ले उनलाई बलियो तथा कमजोर बनाउने भएकोले उक्त चुनावलाई महत्वपुर्ण रुपमा हेरिएको छ।
दक्षिण कोरियाले स्थानिय तहको निर्वाचन गर्ने पुर्व सन्ध्यामा नै कार्यव्यस्तता हुने,बिदा नपाउने तथा व्यस्त भएका नागरिकहरुलाई लक्षित गरी १ हप्ता अगावै देखी चुनाव पुर्व मतदान शुरु गरेको हो।
राष्ट्रिय निर्वाचन आयोगका अनुसार योग्य मतदाताले बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म देशभरका ३ हजार ५ सय ५१ मतदान केन्द्रमा मतदान गर्न सक्नेछन् भने कोभिड-१९ का बिरामी र क्वारेन्टाइनमा बसेकाहरूले शनिवार साँझ ६:३० बजेदेखि ८ बजेसम्म मतदान गर्न सक्नेछन।
१७ महानगरीय मेयर र प्रादेशिक गभर्नर पदहरू, २२६ तल्लो तहका परिषद्का प्रमुख, साथै प्रादेशिक र महानगर परिषदहरूमा ७७९ सीट र तल्लो तहको स्थानीय परिषदहरूमा २६०२ सिटहरू का लागी मतदान हुँदै गरेको निर्वाचन आयोगले जनाएको छ।
पूर्व राष्ट्रपतिका उम्मेदवारहरू ली जे-म्युङ र आन चेओल-सू जस्ता राजनीतिक व्याक्तित्व हरु समेत सहभागी भएका कारण सातवटा विधानसभा सीटहरू पनि जोखिममा रहेकाले यस वर्षको चुनावले बढी ध्यान खिचेको छ।
सत्तारुढ पीपल पावर पार्टी (पीपीपी) र प्रमुख विपक्षी डेमोक्र्याटिक पार्टी अफ कोरिया (डीपीके) दुबैले जुन १ को चुनावमा उच्च प्रारम्भिक मतदानले विजय सुनिश्चित गर्न सक्ने दाबी गर्दै प्रारम्भिक मतदानमा भाग लिन जनतालाई आह्वान गर्दै आएका छन्।
ग्यालप कोरियाले गरेको सर्वेक्षणमा ६९.८ प्रतिशत जनताले आगामी चुनावमा भोट दिने बताएका छन् । तीमध्ये ३०.३ प्रतिशतले प्रारम्भिक मतदानको समयमा मतदान गर्ने इच्छा व्यक्त गरेका छन।