पहिलो पटक दक्षिण कोरियामा नेपालीहरूलाई Radio RJ बन्ने अवसर

कोरिया समाचार

गुरुदत्त न्यौपाने/सिओल

दक्षिण कोरियामा नेपालीहरुलाई रेडियो आर जे बन्ने अवसरको शुरुवात हुने भएको छ।

दक्षिण कोरियामा लामो समयदेखी विदेशी श्रमिकका हक हित तथा विभिन्न विषयमा रेडियो मार्फत सचेतना तथा सुचनामुलक जानाकारी दिँदै आईरहेको 단원 एफ एम र ‘पाँच स ‘ दक्षिण कोरियाको सहकार्यमा कोरियामा पहिलोपटक नेपाली भाषामा रेडियो कार्यक्रम सन्चालन हुने भएको छ।

दक्षिण कोरियामा रहेर श्रम गर्ने नेपाली यूवाहरुलाई लक्षित गरी आउन लागेको नेपाली भाषाको कार्यक्रम हरु सन्चालन गर्न सक्ने ईच्छुक नेपालीहरुले आफ्नो नाम दर्ता गर्न सक्ने जनाईएको छ।

कोरियामा कामको अलावा आफु रेडियोमा बोल्ने ईच्छालाई पुरा गर्न चाहने जो सुकैले आफ्नो नाम दर्ता गरी दानवन एफ एम मार्फत नेपाली भाषामा कर्यक्रम सन्चालन गर्न सक्नेछन।

कार्यक्रम चलाउन ईच्छुक हरुले तलको सम्पर्क नम्बरमा सम्पर्क गरी नाम टिपाउन सक्ने बताईएको छ।

FM को नाम : 단원FM
स्थान : 안산시
कार्यक्रम संचालन दिन : शनिबार, आइतबार
सम्पर्क अन्तिम मिति : 2 June 2022
सम्पर्क व्यक्तिहरू : नरेश मेहता (01048361482)
कमल भण्डारी(01039728738)
गुरुदत्त न्यौपाने ( 010-2851-9124)

Leave a Reply

Your email address will not be published. Required fields are marked *