कोरियामा गोप्य रुपमा महिलाको फोटो खिचेको आरोपमा विदेशी यूवक पक्राउ !

कोरिया समाचार

गुरुदत्त न्यौपाने/सिओल

दक्षिण कोरियाको राजधानी सिओलको एक पार्कमा गोप्य रुपमा महिलाको फोटो खिच्ने विदेशी यूवकलाई प्रहरीले पक्राउ गरेको छ।

परिचय तथा देश गोप्य राखिएको आरोपित यूवक विदेशी एयरलाईन्स संग सम्बद्द पाईलट रहेको खुलासा भएको छ।कोरिया घुम्नको लागी आएका विदेशी एयरलाईन्स का पाईलट यूवक गत शनिवार सांझ पश्चिमी सिओलको पार्कमा घुम्ने क्रममा अपरिचित महिलाको तस्विर गोप्य रुपमा खिचेको आरोपमा पक्राउ परेका हुन।

शनिबार साँझ ख्यङ्गउई लाईन फरेस्ट पार्कमा उनले अपरिचित महिलाको फोटो आफ्नो मोवाईलमा कैद गरेको प्रत्यक्षदर्शी ले देखेपछी प्रहरीलाई उजुरी गरे, लगत्तै प्रहरीले पार्कबाटै उनलाइ हिासतमा लिएर अनुसन्धान गरेको थियो।

आरोपित यूवकले आफुले सुन्दर दृस्य(सिन) मात्र खिचेको बताएपनी प्रहरीले उनको मोवाईल जफत गरी अनुसन्धान गर्दा अपरिचित महिलाहरुका फोटोहरु भेट्टाएको कारण प्रहरीले उनलाई हिरासतमा राखी थप कारबाहीको प्रकिया अगाडी बढाएको छ।

दक्षिण कोरियामा अपरिचित व्याक्तिहरुको तस्विर तथा भिडियो खिच्नुलाई गैर कानुनी मानिन्छ।कसैको पनि फोटो भिडियो गोप्य रुपमा खिचेको देखेर उजुरी परेमा कडा कारवाहीको व्यवस्था रहेको हुँदा यसतर्फ सबै सचेत हुन जरुरी छ।

विगतमा गर्मी याममा सामुन्द्रिक तटमा रमाईलो गर्न जाँदा बिकिनीमा रहेकी यूवतीको अनुमति बिना फोटो भिडियो खिचेको आरोपमा नेपाली यूवकलाई कारवाही गरी डिपोर्ट समेत गरिएको घटना ताजै छ।कोरियामा रहेका नेपालीहरु समेत यसतर्फ सचेत हुन जरुरी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *