कोरियामा पुल प्रतियोगिता हुँदै,प्रथम हुनेले १० लाख पाउने !

कोरिया समाचार

गुरुदत्त न्यौपाने/सिओल

दक्षिण कोरियाको ह्वासाङ्ग तथा आसपास मा रहने नेपाली हरुलाई लक्षित गरी लामो समयदेखी ह्वासाङ्ग श्रेत्रमा कृयाशिल नेपालीहरुको सामाजिक संस्था ह्वासाङ्ग नेपाली परिवार दक्षिण कोरियाले पुल टुर्नामेन्ट आयोजना गर्ने भएको छ।

आउदो जुन महिनाको ५ तारिखका दिन हुने उक्त टुर्नामेन्ट कोरियामा रहेर फुर्सदको समयमा पुल खेल्नेहरुका लागी लक्षित गरिएको संस्थाका अध्यक्ष कमान सिँह राईले जानाकारी दिए।

ह्वासाङ्गमा लामो समयदेखी संचालित नेपाली रेस्टुरेन्ट लालिगुराँस रेस्टुरेन्ट मा हुने उक्त प्रतिस्पर्धात्मक टुर्नामेन्ट मा सहभागी हुन ईच्छुक नेपालीहरुलाई आग्रह गरिएको छ।

दर्ता शुल्क ६०,००० वोन कायम गरिएको टुर्नामेन्टमा पहिलो हुने लाई १० लाख वोन र दोस्रो हुनेलाई ५ लाख वोन साथै उत्कृष्ट लाई १ लाख ओन साथै प्रमाणपत्र तथा मेडल को व्यावस्था गरिएको छ।

GME रेमिट तथा लालिगुराँस रेस्टुरेन्ट फारान मुख्य प्रायोजक रहेको उक्त कार्यक्रम को सह प्रायोजकमा हिमालयन डाँफे रेस्टुरेन्ट फेन्थेक,उरी हिमालय ट्राभल्स,एच डि मोबाईल तथा नमस्ते नेवारी खाजा घर फारान रहेका छन।

टाढा बाट सहभागि हुन आउने टिमलाई बास बस्न लगायत दर्ता गर्ने समुहलाई नेपाली खाजा तथा खानाको व्यावस्था रहेको सस्थाले बताएको छ।

दर्ता गर्नको लागी तल दिएका नम्बरमा सम्पर्क गरी आफ्नो टिम दर्ता गर्न सकिने सस्थाले जानाकारी दिएको छ।

दर्ताको लागी :
गोविन्द खनाल :010-6507-9209
मनोज गुरुङ – 010-6266-9104
कमान सिङ राई -010-5955-2569
खगेन्द्र खत्री – 010-5120-6164
बुद्द शर्मा – 010-8089-9050
बिस्नु चिदी मगर : 010-6757-2676

Leave a Reply

Your email address will not be published. Required fields are marked *