गुरुदत्त न्यौपाने/सिओल
दक्षिण कोरिया सरकारले भोली अर्थात जुन ८ तारिखदेखी नयाँ नियम लागु गर्ने भएको छ।
सरकारले दक्षिण कोरियामा कोभिड-१९ महामारीको सङ्क्रमण न्यून भएसंगै सामाजिक दुरीका सम्पुर्ण नियम हटाउंदै महामारी भन्दा अगाडीको सामान्य जनजिवन मा फर्किने भएपछी भोली अर्थात जुन ८ तारिखदेखी विदेशबाट कोभिड १९ विरुद्दको खोप नलगाई कोरिया प्रवेश गर्नेहरुका लागी विगतमा लागु भएको अनिवार्य ७ दिनको क्वारेन्टाईन नियम खारेज हुने भएको छ।
दक्षिण कोरियाली प्रधानमन्त्री हान डक सु ले एक कोभिड १९ सम्बन्धी ब्रिफिङमा खोप नलगाई कोरिया प्रवेश गर्ने यात्रुहरुले जुन ८ तारिखदेखी अनिवार्य ७ दिनको क्वारेन्टाईन बस्न नपर्ने बताएका छन,यधपी कोरिया प्रवेश गर्नुपुर्वको ३ दिन अगाडीको स्वदेशमा गरिएको पिसिआर नेगेटिभ रिपोर्ट भने अनिवार्य गरिएको बताएका छन।
उनले अव अन्तरास्ट्रिय उडानहरुको सङ्ख्यालाई पुर्णरुपमा सामान्य बनाउने र विमानस्थलमा लगाईएको आगमन प्रतिबन्ध समेत बुधबार अर्थात जुन ८ बाट हटाउने जानाकारी दिए।यसअघि विमानस्थलमा बेलुकी ८ बजेदेखी बिहान ५ बजेसम्म अन्तरास्ट्रिय हवाई आगमन बन्द थियो।
सरकारले कोभिड–१९ को सङ्क्रमण नियन्त्रणमा आएसँगै सामाजिक दुरीका सम्पुर्ण नियम हटाएपछि विदेश भ्रमणको माग बढ्दै गएपछि हवाई यात्रामा लगाइएको महामारीसँग सम्बन्धित प्रतिबन्ध हटाइएको हो ।
अन्तर्राष्ट्रिय उडानहरूको संख्यामा प्रतिबन्ध र ईन्छन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन कर्फ्यूका कारण एयरलाइन टिकटहरूको मूल्य बढेको हानले बताए।
महामारीका कारण जनतालाई पर्न सक्ने असुविधालाई न्यूनीकरण गर्न सरकारले कोभिड सङ्ग सम्बन्धित सम्पुर्ण प्रतिबन्ध हटाउने निर्णय गरेको हो।