गुरुदत्त न्यौपाने/सिओल
दक्षिण कोरिया सरकारले आजदेखी नयाँ नियम लागु गर्ने भएको छ।
सरकारले दक्षिण कोरियामा कोभिड-१९ महामारीको सङ्क्रमण न्यून भएसंगै सामाजिक दुरीका सम्पुर्ण नियम हटाउंदै महामारी भन्दा अगाडीको सामान्य जनजिवन मा फर्किने भएपछी आजदेखी विदेशबाट कोभिड १९ विरुद्दको खोप नलगाई कोरिया प्रवेश गर्नेहरुका लागी विगतमा लागु भएको अनिवार्य ७ दिनको क्वारेन्टाईन नियम खारेज हुने भएको छ।
दक्षिण कोरियाली प्रधानमन्त्री हान डक सु ले एक कोभिड १९ सम्बन्धी ब्रिफिङमा खोप नलगाई कोरिया प्रवेश गर्ने यात्रुहरुले आजदेखी अनिवार्य ७ दिनको क्वारेन्टाईन बस्न नपर्ने बताएका छन,यधपी कोरिया प्रवेश गर्नुपुर्वको ४८ घन्टा अगाडीको स्वदेशमा गरिएको पिसिआर नेगेटिभ रिपोर्ट भने अनिवार्य गरिएको बताएका छन।
उनले अव अन्तरास्ट्रिय उडानहरुको सङ्ख्यालाई पुर्णरुपमा सामान्य बनाउने र विमानस्थलमा लगाईएको आगमन प्रतिबन्ध समेत आजबाट हटाउने जानाकारी दिए।यसअघि विमानस्थलमा बेलुकी ८ बजेदेखी बिहान ५ बजेसम्म अन्तरास्ट्रिय हवाई आगमन बन्द थियो।
सरकारले कोभिड–१९ को सङ्क्रमण नियन्त्रणमा आएसँगै सामाजिक दुरीका सम्पुर्ण नियम हटाएपछि विदेश भ्रमणको माग बढ्दै गएपछि हवाई यात्रामा लगाइएको महामारीसँग सम्बन्धित प्रतिबन्ध हटाइएको हो ।
अन्तर्राष्ट्रिय उडानहरूको संख्यामा प्रतिबन्ध र ईन्छन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन कर्फ्यूका कारण एयरलाइन टिकटहरूको मूल्य बढेको हानले बताए।
महामारीका कारण जनतालाई पर्न सक्ने असुविधालाई न्यूनीकरण गर्न सरकारले कोभिड सङ्ग सम्बन्धित सम्पुर्ण प्रतिबन्ध हटाउने निर्णय गरेको हो।