सिओल
वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस शाखाले कोरिया आउनका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रका ६ हजार ५९७ को परीक्षा लिएको छ।
कृषि तथा पशुपालन र उत्पादनमूलक समूहमा रोजगारीका लागि कोरिया आउन ४४ हजार ८ सय ५३ युवाले आवेदन दिएका छन्।
कृषि र पशुपालन क्षेत्रमा जाने १० हजार ८ सय ५८ जना रहेका छन् भने उत्पादनमूलक समूहमा ३३ हजार ९ सय ९५ जना छन् ।कृषि तथा पशुपालनमा जाने १० हजार ८ सय ५८ जनामध्ये ६ हजार ५ सय ९७ को परीक्षा अहिले भइरहेको छ भने बाँकी ४ हजार २ सय ६१ जनाको आगामी असार १३ गतेबाट सुरु हुनेछ।
अन्य परीक्षा पनि नियमित रूपमा सञ्चालन हुने ईपीएस कोरिया शाखाले जनाएको छ।