गुरुदत्त न्यौपाने/सिओल
दक्षिण कोरियाली मेट्रो सेवा प्रदायक कम्पनी सिओल मेट्रोले आफ्नो आर्थिक भार हटाउने प्रयास अन्तर्गत उसले आफ्ना ५० सब वे स्टेशनहरुको वैकल्पिक नामहरु राख्न पाईने योजना अघि सारेको छ।
सिओलको सव वे १ देखी ९ नम्बर लाईन सम्म मेट्रो सन्चालन गर्ने कम्पनी सिओल मेट्रोले वृद्द नागरिक हरुलाई निशुल्क सवारी सेवा प्रदान गरेको र विगत २ बर्षदेखी मेट्रो चढने यात्रुहरुमा आएको व्यापक कमिको कारण सिओल मेट्रोले प्रतिबर्ष १ ट्रिलियन वोन (७९९ मिलियन डलर) घाटा बेहोरेको कारणले यस्तो योजना अगाडी सारेको हो ।गत वर्षको तुलनामा सिओल मेट्रोको संचित घाटा १७.३ ट्रिलियन वोन रहेको छ।
सिओल मेट्रोले आफ्नो आर्थिक चाप लाई हटाउन २०१६ देखी सब वे स्टेशनहरुको नाम अधिकार लिलामीमा राखेको थियो।यी नामहरू स्टेशनको मूल नामहरूसँगै कोष्ठकहरूमा लेखिन्छन । तीन वर्षको सम्झौता अन्तर्गत रेल स्टेशनहरूमा घोषणा गर्दा प्रयोग गरिन्छ र सम्झौता सकिएसंगै एक पटक पुन: थप गर्न सकिन्छ।
जुन २०२२ सम्म, लाइन नम्बर १ मा जोन्गाक स्टेशन (स्टान्डर्ड चार्टर्ड बैंक कोरिया), लाइन नम्बर २ मा हाप्जङ स्टेशन (होल्ट चिल्ड्रेन सर्भिस), लाइन नम्बर ३ मा आपगुजङ स्टेशन (हुन्डाई डिपार्टमेन्ट स्टोर) सहित ३३ मेट्रो स्टेशनहरू को नाम अधिकार विभिन्न कम्पनीहरुले लिईसकेका छन्।
लाईन नम्बर २ र ३ मा जोडिने युल्जिरो ३ गा स्टेशन जुन सिनहान कार्डले आफ्नो स्वामित्वमा सम्झौता गरेको छ।सिनहान कार्डले अहिले सम्मकै सबैभन्दा महङ्गो सात लाख अमेरिकी डलरमा युल्जिरो ३ गा स्टेशन लाई आफ्नो नाम मा दर्ता गरेको छ।
सियोल मेट्रोका अनुसार, आठ सबवे स्टेशनहरू जसको सम्झौता समाप्त भएका छन ति स्टेशनहरु गाङ्गनाम, येउइडो, गोंगदक, सिन्दोरिम, सिटी हल, र होंगिक विश्वविद्यालय सहित ४२ वटा स्टेशनहरू बोलपत्रहरूको लागी तयार भएका छन। कम्पनीले जुन २२ सम्म सम्झौताको लागी ईच्छुक कम्पनीहरु संग आवेदनहरू दिन अनुरोध गरेको छ।
सियोल मेट्रोका अनुसार यो परियोजनालाई राजधानी भर २७५ सबवे स्टेशनहरूमा विस्तार गर्ने योजना रहेका बताएको छ।जसमध्ये ६७ स्टेशनहरू सशुल्क र त्यसबाहेक का स्टेशनहरुको दोस्रो नाम सार्वजनिक प्रकृतिको लागि नि: शुल्क दिइन्छ।