गुरुदत्त न्यौपाने/सिओल
दक्षिण कोरियाली रास्ट्रपति युन सक युल कि श्रीमती किम कन हे ले कोरियामा कुकुरको मासु खान प्रतिबन्ध लगाउन आग्रह गरेकी छन।दक्षिण कोरियाली पत्रिका सियोल सिन्मुन को एक अन्तरवार्ता मा पशु अधिकारको संरक्षण गर्न र कुकुरको मासु खान प्रतिबन्ध लगाउनुपर्ने कुरामा जोड दिएकी छन।
कुकुर लगायत पशुहरुलाई लाई असाध्यै माया गर्ने उनले आफुले आफ्नो घरमा ४ ओटा कुकुर र ३ ओटा बिरालो पालेको बताएकी छिन।कुकुरहरु मानिसको साथी भएकाले यसको मासु खानको लागी प्रतिबन्ध लगाउनु पर्ने बताएकी छन । यो बहस दक्षिण कोरियामा बिगत केही वर्ष बाट उठ्दै आएको छ ।
विषेश गरि युवा पुस्ताले कोरियामा कुकुरको मासु खाने चलनले विश्व समुदायमा राम्रो सन्देश नगएको भन्दै यो चलन अन्त्य हुनुपर्ने आवाज उठाउदै आएका छन । दक्षिण कोरियामा विषेश चाड,पर्वमा कुकुरको मासु खाने चलन रहदै आएको छ । पछिल्लो केही वर्ष यता कुकुरको मासु खाने चलनको व्यापक आलोचना हुन थालेपछि यसको प्रभाब कम हुदै गएको आकल गर्न सकिन्छ ।