दक्षिण कोरियाले यो बर्षभित्र ७३ हजार विदेशी कामदार कोरिया भित्राउने !

कोरिया समाचार

गुरुदत्त न्यौपाने/सिओल

दक्षिण कोरियाले यो बर्षको अन्त्यसम्ममा ७३ हजार विदेशी कामदार उत्पादनमुलक,कृषी तथा पशुपालन क्षेत्रमा भित्राउने भएको छ।

रोजगार तथा श्रम मन्त्रालय का मन्त्री ज्योङ-सिक ली ले कोभिड–१९ को प्रभावका कारण कोरिया प्रवेश गर्न ढिलाइ भएका विदेशी कामदार लाई छिट्टै कोरिया प्रवेश गर्ने वातावरण थप सहज बनाईने बताएका छन।

कोभिड–१९ का कारण उत्पादनमुलक ,कृषी तथा पशुपालन क्षेत्रमा देखिएको जनशक्ति अभावलाई समाधान गर्न विगत दुई वर्षदेखि कोरिया प्रवेश गर्न नपाएका २६ हजार विदेशी कामदारलाई यही अगस्ट मसान्तसम्म कोरिया प्रवेश गर्ने गरी तयारी गरिएको छ।

यसका साथै यो वर्ष श्रम स्वीकृति पाएर कोरिया प्रवेश गर्न नपाएका २८ हजार व्यक्तिलाई यो वर्ष भित्र कोरिया प्रवेश गर्ने अनुमति दिइने र यो वर्षको अन्त्यसम्ममा ७३ हजारभन्दा बढीले कोरिया प्रवेश गर्ने भएका छन् ।

कोरियाली श्रम बजारमा देखिएको व्यापक जनशक्ति अभाव र कोरियामा कोरोनाको प्रभाव घटदै गएको कारण कोरिया सरकारले यतिबेला विदेशी कामदार कोरिया प्रवेश गर्ने प्रकृयामा सहजता ल्याएको छ।२०२२ को शुरुवाती यता हालसम्म १९००० विदेशी कामदार कोरिया प्रवेश गरिसकेका छन।अवको २ महिना भित्र २६ हजार विदेशी श्रमिक कोरिया भित्रनेछन भने यो बर्षको अन्त्यसम्ममा थप २८ हजार श्रमिक गरी जम्मा ७३ हजार विदेशी श्रमिक भित्राउने लक्ष कोरियाले लिएको छ।

यसका लागी रोजगार तथा श्रम मन्त्रालयले न्याय मन्त्रालयसँगको सहकार्यमा कोरियाली कम्पनीहरुलाई जारी गरिएको भिसा जारी प्रमाणपत्रको म्याद अवधि ६ महिनाबाट १ वर्षमा बढाएर भिसा जारी गर्ने प्रमाणपत्र पुनः जारी गर्ने प्रक्रियालाई सरलीकृत गर्ने निर्णय गरेको छ। साथै जुलाई देखी अन्तर्राष्ट्रिय उडान (भूमि, पूर्वाधार तथा यातायात मन्त्रालय)ले चाँडो सामान्यीकरण गर्ने प्रवर्द्धन योजनाअनुसार मागअनुसार विमान सञ्चालन गर्न दिने योजना बनाएको छ ।यससंगै अवको जुलाई बाट आवश्यकता अनुसार एयरलाईन्स ले सामान्य रुपमा कोभिड पुर्वकै अवस्थामा हवाई उडान भर्न सक्नेछन।

त्यसैगरी श्रमिक पठाउने देशका कारण कोरिया प्रवेशमा ढिलाइ भएका विदेशी कामदारलाई तत्काल कोरिया प्रवेश गर्न र सक्रियताका साथ सहयोगका लागी रोजगार तथा श्रम मन्त्रालयले ठूलो संख्यामा पर्खाइमा रहेका देशका श्रमिक अधिकारीहरूसँग यही जुन महिनामै बैठक गरी समस्या समाधानको बाटो खोज्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *