दिपेश कार्की
खुला र स्वतन्त्र निलाम्बर गगन मुनि मानव निर्मित नहरका सङ्ला पानीमा जीवनको डुंगा खियाइरहेको म अनि प्राकृतिक पवन झैँ चंचल मेरो मन यो बिरानो सहरमा एकै ठाउ चौहट्टी भित्र बसिरहदा उकुसमुकुस भएको आभास गर्छु ।
मानिसको जीवनवृत्तलाई एउटा लिखबाट अर्को लिखमा दौडाउनु असाधारण नै ठान्छु म,जीवन पर्यन्त व्यावसाय रोज्ने ,हरेक ब्याबसायमा आफ्नो प्रभाव जमाउन चाहने स्वभावको म व्यावसायको अस्थिरतालेनै होला सायद मलाइ बिदेशको झोला बोकायो।हुन त मैले कसैको लागि उपकार गरेको भने पक्कै होइन। प्रदर्शंमुखी समाज र द्रब्य पारखी आफ्नै सोच र सौखले पनि मलाइ घचटेको हुनु पर्छ।
ब्याबसायिक र उद्धमी सोच ,उत्पादन बेच्ने अभिलासा भएको मानिस आज म आफैले आफैलाई बेचिरहेको छु।थाहा छैन पेटको भोकले हो या मनको लोभ ले,कृतिम सभ्यता ,प्रदर्शनमुखी समाज अनि धनको उन्मादको वत्सनाभ संक्रमण नभइदिएको भए म मेरो मातृभूमिको वात्सल्य छोडेर कहिँ बटारिन्न थिएँ। हुनत आजको समाज पनि वैभवशालीको दासी बनेको छ ।मानव सभ्यता भित्र स्वास फेर्न पनि मूल्य चुकाउनु पर्छ। द्रब्य नशाको दुर्ब्यावसनीमा फसेको समाजले पनि मेरो काँधमा झोला थमायो।परदेश पश्नुको मेरो मुख्य उदेश्य त एउटा सानो आफ्नै घर बनाउनु मात्र त थियो,घर बनाउन हिडेको म आज गाउघर नै बिरानो लाग्न थालि सक्यो ,जीवनको करिब एक दसक त खर्चिनु पर्दैन थियो जाबो चार ओटा खाबा खुट्टी गाड्न तर किन यतिका समय सम्म म स्वदेश फर्किन सकिन?कुन नशामा परे? इमान्दार साथ आफ्नो बिगत सम्झन नसक्नुले झनै महत्वाकांक्ष र परदेश बसाइ अवधी चुलिदै गयो ।अब पुग्यो ? कति कमाए पछि पुग्यो भन्ने? पुग र अपुग बिचको सिमाङ्कन के हो? मापन यन्त्र के?
कोरियन सभ्यताको चस्मा लगाएर नेपाली जीवनशैली हेर्दै गर्दा वास्तबमा डर लाग्दो रहेछ हुनत यहाका कृतिम सभ्यता र भौतिक सुखमा मदहोस भएको म मात्र कहा होर परदेश छिरेका धेरै परदेशी कठिनले स्वदेश फर्कन्छन,मनै नभएको कहा हो र मन त अहिले नै झोला बोकेर फर्कन तयार छ ,मुठ्ठी बाधेर निधाएकी नानिको मुठ्ठी खोलेर फू गर्ने सामर्थ्य पनि नजुटेपछि माथिबाटै फु गरेर हिड्नु पर्दाको पिडा समझदा पनि एक पल टिकिरहन मनले मान्दैन तर मष्तिस्कले खुट्टै समाइदिन्छ।फेरी इष्टमित्रले पनि अब भयो यतै पनि गरिखान सक्छस भन्दै फर्कन नसुझाएका होइनन् तर उनीहरुको सुझाब मेरो कमाइ देखेर मन भित्रको जलन सभ्यभाषामा पोखेको ठान्न मेरै लबस्तरो दिमागले अर्हायो,मनमा पारिवारिक मोह मष्तिस्कमा अधितम क्रयशक्ति संचितिको लालसा ,यहि मन र मष्तिस्कको तादात्म्य सन्तुलित नहुनु पनि परदेश बसाइ लम्बिनुको अर्को कारक बन्यो ।
सालबसालीको ऋतु परिवर्तन संगै नेपाली मन बोकेर संसारका धेरै बगैचाहरुमा पुतली झैँ रसको स्वादमा लट्ठिदै नेपालीपन समेत भुल्दैछन हाम्रा देशका युवाहरु कर्मको खोजीमा अनेकौ मर्म स्पर्शी पीडाका अनुभवहरु संगाल्दै आधुनिक संसारको जहाज चढेर आएका धेरै युवाहरु भौतिकबादको यो सांसारिक मोहमा डुबीरहेका छन,संसारको बास्तविकता ,परिवर्तनको गति ,बिकासको वेग अनि सामाजिक समानताको खवर लिदै विदेशकै चौखटबाटै नेपालको वास्तविकता दाज्ने सोच पनि परदेश बसाइ लम्बिनुको कारक हो।
सम्पतिको अभद्र प्रदर्शनीको सौख पाल्ने ,गाउघरमा फोन बाटै कमाइको ध्वाँस दिने सुरा सुन्दरिको रुची पाल्ने आदतले पनि स्वदेश नफर्कन विवश छन् केहि। समाजलाई एउटा दिशा निर्देश गर्न सक्ने समाजमा छाडातन्त्र र स्वतन्त्रता विच रेखांकन लागाई सभ्य समाज निर्माण गर्न सक्ने अर्हत मनिषी युवाहरु यसरि दशकौ स्वदेश फर्कन अनिच्छित हुनुले नेपाललाई बिकाश र समृदिको यात्रामा अत्तो थपिएको छ ।