दक्षिण कोरियामा दोश्रो बिश्वकर्मा खुल्ला भलिवल प्रतियोगीता हुँदै

कोरिया समाचार

सौल दक्षिण कोरिया,

स्वस्थ्यको लागि खेल आपसी सद्भाव र भाइचाराको लागि मेल भन्ने मिल नाराका साथ बिश्वकर्मा समाज दक्षिण कोरियाले यहि आउँदो जुलाई ३ तारिकका दिनमा भलिबल खेलको आयोजना गरेको छ ।

अन्नपूर्ण रेष्टुरेन्ट थेसो तथा JRF रेमिटेन्सको संयुक्त प्रायोजन तथा बिश्वकर्मा समाज दक्षिण कोरियाको आयोजनामा हुन लागेको भलिबल प्रतियोगीतामा कोरियामा हुने खेलप्रेमी नेपालीहरु तथा कोरियामा रहेका सामाजिक सांस्कृतिक संघ संस्थाहरुको बाक्लो उपस्थिति तथा सहयोगको अपेक्षा गरेको भलिबल प्रतियोगिताका संयोजक मुकेश सेन्चुरीले बताउनुभएको छ ।

त्यसैगरी बिगतमा कोभिडको कारण दक्षिण कोरियामा नेपाली समाजहरुले कुनै पनि कार्यक्रमहरु नगर्दा नेपालीहरु कार्यक्षेत्रमै गुम्सिएर बस्नुपरेको अवस्थामा नेपालीहरुलाई मनोरञ्जन प्रदान तथा साथीभाईको जमघट नेपालीत्वको पहिचान तथा यस्ता आयोजनाले देशको पहिचान तथा निरपेक्ष रुपमा पर्यटन प्रवर्द्धन गर्न पनि यस प्रकारका खेलको भुमीका रहने हुँदा भलिबल खेलको आयोजना गरिएको बिश्वकर्मा समाज दक्षिण कोरियाका अध्यक्ष भिम बराईलिले बताउनु भएको छ ।

बिश्वकर्मा समाजले यश अगाडि पनि विभिन्न सामाजिक तथा सांस्कृतिक क्रियाकलापहरु गर्दै आएको छ भने यो भलिबल प्रतियोगिता दोस्रो पटक गर्न लागिएको हो ।

कार्यक्रमको बारेमा :
कार्यक्रम हुने स्थान :대소 국민 체육관
मिति : 2022-07-03

Leave a Reply

Your email address will not be published.