गुरुदत्त न्यौपाने/सिओल
दक्षिण कोरियाली मुद्रा कोरियन वोन विगत १३ बर्ष यताकै सबैभन्दा कमजोर स्थितिमा पुगेको छ।
विश्वव्यापी वेन्चमार्क ब्याजदरमा आएको तीव्र वृद्दी,फराकिलो व्यापार घाटा,र कोरियन वोनको द्रुत गतिमा भएको अवमुल्यनका कारण कोरियाली मुद्रा १३ बर्ष यताकै सबैभन्दा कमजोर स्थितिमा पुगेको हो।
दक्षिण कोरियाली मुद्रा कोरियन वोन अमेरिकी डलरको तुलनामा १ अमेरिकी डलरको १३०० वोन पुगेको छ जुन दशक यताकै सबैभन्दा महङ्गो दर हो।
अर्थ विश्लेषक हरुले यो दर १३५० वोन सम्म पुग्ने आँकलन गरेका छन।कोरियाली मुद्रा कमजोर हुँदै गएपछी कोरियाको अर्थतन्त्रमा समेत मन्दी छाएको छ।
अमेरिकी डलर को तुलनामा कोरियाली वोन कमजोर हुँदै गएका कारण थप लगानीकर्ता हरुले लगानी सुरक्षित नहुने देखेपछी कोरियाली मुद्रा बेचिरहेका छन।
बिहिबार प्रति डलर १३०१.८ वोनमा कारोबार भएको थियो।बुधबारको तुलनामा विहिवार ४.५ वोनले अवमुल्यन भएका कारण अर्थविद हरुले यो क्रम निरन्तर ओरालो लाग्ने आँकलन गरेका छन।
सन २००८/२००९ ताकाको विश्वव्यापी वत्तिय संकटको बेला प्रति डलर १३०३ वोनमा कारोबार भएपश्चातको कोरियन वोन सबैभन्दा कमजोर स्थितिमा पुगेको हो।