गुरुदत्त न्यौपाने/सिओल
दक्षिण कोरियामा अध्ययन गर्न आउने विदेशी विधार्थीहरु कोरियाबाट डक्टरल डिग्री पश्चात अधिकाँश ले यहाँ भविस्य नदेख्ने गरेको बताएका छन।
कोरियामा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित विषयमा स्नातकोत्तर कार्यक्रममा यो बर्ष जम्मा ८६ हजार ५६२ विद्यार्थी भर्ना भएका छन्, जसमध्ये ८ हजार ३२१ विद्यार्थीहरू ,जम्मा विधार्थीको १० प्रतिशत विदेशी विधार्थी रहेका छन।
२०१७ र २०१९ बीच यहाँ डक्टरल डिग्री हासिल गरेका २ हजार ७६७ अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये ५८ प्रतिशत कोरियामा करियर बनाउनुभन्दा अन्य देशमा पलायन भएको एक सर्वेक्षण ले जनाएको छ।
कोरियाली कम्पनीहरूले विज्ञान, प्रविधि, इन्जिनियरिङ् र गणित क्षेत्रहरूमा उच्च दक्ष विदेशी कामदारहरू कम्पनीमा राख्न अनिच्छुक हुने गरेको कारण विदेशी विधार्थीहरु अन्य देशमा पलायन हुने गरेका हुन।
युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी (युएसटी) र कोरिया इन्डस्ट्रियल टेक्नोलोजी एसोसिएसन (कोइटा) द्वारा ३०० स्थानीय प्राविधिक कम्पनीमा गरिएको सर्वेक्षणमा उन्नत डिग्री हांसिल गर्ने विदेशी नागरिकको संख्या बढ्दै गए पनि धेरै कम्पनीहरूले अनुसन्धान पदका लागी विदेशी विधार्थीहरुलाई राख्न अनिच्छुक रहेको पाईएको छ।
सर्वेक्षण मा छ वटा ठुला कम्पनी, १९८ साना तथा मझौला कम्पनी र ९६ स्टार्टअप कम्पनी लाई समावेश गरिएको थियो । तीमध्ये, केवल ७३ कम्पनी यानिकी २४ % ले हाल अनुसन्धान पदहरूमा विदेशीहरूलाई काममा राखेको पाईएको छ, जबकि अन्य ७६ % प्रतिशतले भने उनीहरूसँग विदेशी उच्च दक्ष शिक्षित कामदार हरु प्रयोग नगरेको बताएका छन।
सर्वेक्षणमा विदेशी कर्मचारीलाई काम नदिने कम्पनीहरूमध्ये ४३ प्रतिशतले कोरियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूबारे जानकारी नभएको बताए । १७ प्रतिशतले अन्तर्राष्ट्रिय कर्मचारीहरू आवस्यक नभएको बताएका छन,जसमध्ये १५ % ले कोरियन भाषा को कारण , ९% ले जटिल प्रशासनिक प्रक्रियाका कारण सञ्चारमा हुने सम्भावित कठिनाइहरू लाई मध्यनजर गर्दै विदेशी दक्ष कामदार नराखेको बताएका छन।
ति कम्पनीहरु मध्ये ६० प्रतिशतले भविष्यमा विदेशी कामदार राख्न इच्छुक रहेको जवाफ दिएका छन्, ६१ प्रतिशतले स्नातकोत्तर गरेकालाई काममा लगाउन खोजेका छन् भने २७ प्रतिशतले चिकित्सकको उपाधी हासिल गरेका आवेदकलाई प्राथमिकता दिने बताएका छन् ।
विदेशी उच्च दक्ष कामदार भर्ना गर्दा सरकारबाट चाहिने नीतिगत सहयोगका सम्बन्धमा ३२ प्रतिशत कम्पनीले सम्भावित उम्मेदवारको ट्यालेन्टपूल स्थापना गर्न माग गरेका छन् भने २६ प्रतिशतले आर्थिक सहयोग र २० प्रतिशतले वर्क परमिट भिषाको आवश्यकतालाई उल्लेख्य रूपमा सहज बनाउन चाहेका छन् ।
“कोरियामा उन्नत डिग्री प्राप्त गरेका विदेशी स्नातकहरू कोरियाली संस्कृतिको बुझाइका साथै आफ्नो क्षेत्रमा व्यावसायिक ज्ञानले सुसज्जित उच्च योग्य कर्मचारीहरू हुन्। तिनीहरू बहुमूल्य स्रोतहरू हुन् जसले कोरियाली कम्पनीहरूलाई विदेशमा आफ्नो व्यापार विस्तार गर्न सहयोग गर्नेछन्,”। यूएसटीका अध्यक्ष ली-ह्वानले एक विज्ञप्तिमा भनेका छन।
कोरियाले आफ्नो मुख्य औद्योगिक क्षेत्रहरू जस्तै अर्धचालक, ब्याट्री र जैविक-स्वास्थ्य सेवामा जनशक्तिको अभावबाट पीडित भइरहँदा सर्वेक्षणको नतिजा यस्तो आएसंगै कोरियाबाट उच्च शिक्षा अध्ययन सकेका विदेशी विधार्थीहरु अन्य देश पलायन हुनु दुखद रहेको युसिटि अध्यक्ष लि ह्वान ले बताए।