माओबादी केन्द्रको प्रवास संगठन जनप्रगतिशिल मञ्च कोरियाको दोश्रो केन्द्रिय समिति बैठक ख्वाङ्जुमा सम्पन्न !

कोरिया समाचार

सिओल

जनप्रगतिशिल मञ्च कोरियाको दोश्रो केन्द्रिय समिति बैठक ख्वाङ्जुमा सम्पन्न

माओवादी केन्द्रको प्रबास संगठन जनप्रगतिशिल मञ्च कोरियाको केन्द्रिय समितिको दोश्रो बैठक छल्लानाम्दो ख्वाङ्जुमा सम्पन्न भएको छ ।

हरेक तीन महिनामा हुने नियमित केन्द्रिय समितिको बैठक यसपटक ख्वाङ्जुमा भएको हो । क्षेत्रीय कमिटी ख्वाङ्जुको ब्यबस्थापनमा भएको उक्त बैठकमा संगठनका केन्द्रिय सदस्य तथा पदाधिकारी हरुको उपस्थिति रहेको थियो ।

बैठक ले आफ्नो संगठनका आन्तरिक योजना र विभिन्न निर्णय हरु सगै गैर आबासिय नेपाली हरुको संगठन ( एन. आर. एन. ए ) ग्लोबल को अध्यक्षमा निर्बिरोध चयन हुनुभएका बिनोद कुवर लाई संगठन को तर्फबाट सम्मान गरेको थियो । स्मरण रहोस् एन. आर. एन. ए ग्लोबल का अध्यक्ष बिनोद कुवर संगठनको संरक्षक को जिम्मेवारीमा रहेका छन् ।

त्यसैगरी केहि समय देखि रिक्त रहेको संगठनको महासचिबमा रुद्र थापा निर्बिरोध चयन भएका छन् ।छैटौं अधिबेशन पश्चात् सचिबको जिम्मेवारी बहन गर्दै आएका थापालाइ दोश्रो बैठक बाट सर्बसहमतिले संगठनको महासचिव को जिम्मेवारी दिएको हो ।

त्यस्तै कोरियाको बसाइ लाई बिट मारेर नेपाल फर्कन लागेका संगठन को उपाध्यक्ष गोकुल प्रसाद दङ्गाल लाई संगठनको तर्फबाट शुभकामना सहित बिदाइ गरेको छ ।

बैठक को अध्यक्ष्यता गरेका इश्वर कठायतले कोरियामा माओवादी को संगठन अन्य संगठन को तुलनामा अत्यन्तै मजबुद रहेकोले आगामी दिनमा अझ सुदृढ बनाउदै सम्पुर्ण युबाहरुलाइ समाजबादको यात्रामा अग्रसर बनाउन प्रयत्न गर्ने बताएका छन् ।

त्यस्तै मञ्चका पुर्ब अध्यक्ष तथा बर्तमान वरिष्ठ सल्लाहकार दिलिप धितालले कम्युनिष्ट कार्यकर्ता हरुले निष्ठा ,आचरण ,अनुशासन र इमान्दारीता पुर्बक पार्टीको अनुशासनमा रहनु पर्ने कुरामा जोड दिदै कोरियाको संगठन लाई नमुनाको रुपमा प्रस्तुत गर्ने बताएका छन् ।

जनप्रगतिशिल मञ्च कोरियामा झन्डै ६ सय आसपासमा संगठित सदस्य हरु रहेका छन् भने संगठन ले कोरिया भर आफ्नो क्षेत्रीय संगठन हरुको सन्जाल बिस्तार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *