सन्तोष न्यौपाने,दक्षिण कोरिया
निराजन ढकाल पछिल्लो समय कोरियामा धेरैजसोको मन मुटुमा बस्न सफल भएका छन ।
विक्रम संवत् २०५२ सालमा हेटौडामा जन्मिएका उनि करिब सात बर्ष पहिले रोजगारीको सिलसिलामा ईपिएस को श्रमिक भिषामा दक्षिण कोरिया छिरेका थिए ।
कमजोर आर्थिक अवस्थाका कारण पढाइलाई बिचमै छाडेर कोरिया छिरेका उनि आफु सङ्ग केही रकम सङ्कलन भएपछि बिचमै रोकिएको उनको पढाई पुरा गर्नको लागि कोरिया प्रवेश गरेको तीन बर्समै कम्पनिमा गरिरहेको काम बाट राजिनामा दिएर भिषा हापी नेपाल फर्केर पुनः विद्यार्थी भिषामा कोरिया छिरेका थिए ।
त्यसोत उनले अहिले कोरियाकै इन्छन इन्हा विश्वविद्यालय बाट गणित संकायबाट स्नातक तह उत्तीर्ण गरिसकेका छन । उनि ईपिएस नेपाल फ्यामिली ग्रुपमापनि एकदमै सक्रीय भएर लागिपरिरहेका हुन्छ्न । ग्रुपमा पोस्टहरु शेयर गर्ने क्रममै निराजन विविध मान्छेहरुको आलोचनाको शिकार नभएका होइनन तर उनि आफुले कसैलाई आँच आउने काम नगरेको र नखाएको बिष नलाग्ने कुरा बताउदछन ।
पछिल्लो समय उनि दक्षिण कोरियामा सन्चालन हुदै आइरहेका विविध सामाजिक कार्यहरुमा पनि सक्रिय रुपबाटनै सहभागिता जनाउदै आइरहेका छन ।
पाँच स दक्षिण कोरिया जस्तो धार्मिक संस्थाको सक्रिय सदस्य समेत रहेका उनि शुद्द शाकाहारी पनि हुन ।
उनले कोरियामा विदेशीहरुका लागि सन्चालन गरीने लगभग सबै कोरियन भाषा परिक्षा हरु सत प्रतिशत उत्तीर्ण गरिसकेका छन । केहि समय अघि मात्र 사회 통합 को ५ लेबल मा नाम निकालेका उनिले धेरै जसो नेपाली युवाहरुलाई कोरियन भाषा पढनको लागि प्रेरीत गरिरहेका हुन्छ्न ।
उनले कोरियाबाट नै अन्तरास्ट्रीय ड्राइभिङ लाइसेन्स पनि निकालिसकेका छन साँचिनै यति सानो उमेरमै यति धेरै उपलब्धि हासिल गर्न सफल निराजन ढकाल आफ्नो मिठो बोल्ने शैलीले गर्दापनि सबैको मन मुटुमा बस्न सफल भएका छन ।