गुरुदत्त न्यौपाने /सिओल
सनातन साहित्य संगित साधना समुह ‘पाँच-स’ दक्षिण कोरियाले २ दिने बनभोज तथा भ्रमण कार्यक्रम सम्पन्न गरेको छ।
राजधानी सिओल बाट करिव २०० कि.मी दक्षिण छुङ्छङबोक्दो को पर्यटकिय स्थल दान्याङ सि मा आयोजना गरिएको भ्रमण तथा बनभोज कार्यक्रम सभ्य,भब्य रुपमा सम्पन्न भएको हो।
उक्त पर्यटकिय स्थल दान्याङ मा रहेका मुख्य आकर्षण मध्ये खोसु गुफा को अवलोकन तथा र्याफ्टिङ को आनन्द,योगा संगै बिभिन्न नेपाली परिकार र नेपाली मौलिक साँस्कृतिक प्रस्तुतीका साथ कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रम को पहिलो दिन आनसान तथा सुवन बाट प्रस्थान गरेर उक्त ठाउँ सम्म बसको यात्रा मा रमाईलो गर्दै सहभागीहरु द्वारा नाच्दै गाउँदै रमाईलो माहोलमा त्यहाँ पुग्नुभएको थियो।त्यहाँ पुगेर पहिलो दिन नै त्यहाँको प्रख्यात प्राकृतिक गुफाको अवलोकन भ्रमण सम्पन्न भएको थियो।

करिव १.५ किलोमिटर भित्र प्राकृतिक रुपमा बनेको गुफालाई कोरिया सरकारले उच्च व्यवस्थापन का साथ सहज रुपमा गुफाको अवलोकन गर्दा सहभागीहरुको मुखबाट नेपालमा भएका गुफाको अवस्था र यहाँको व्यवस्थापन लाई लिएर नेपालको गुफा व्यवस्थापनको पक्षलाई कोरियाको मोडेलमा व्यवस्थापन गर्न सके पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्दी गर्न सकिने सहभागीहरुले बताएका थिय।
त्यस संगै कार्यक्रममा सहभागी हरुले नेपाली परिकार संगै नेपाली साँस्कृतिक कार्यक्रमको आनन्द लिएका थिय।छोटो औपचारिक कार्यक्रम गर्दै गर्दा सस्थाका वरिस्ठ उपाध्यक्ष गुरुदत्त न्यौपानेले उपस्थित सम्पुर्णलाई स्वागत मन्तव्य मार्फत स्वागत गर्नुभएको थियो।
यसैविच कार्यक्रममा शोभा अर्याल,पवित्रा पान्डेले नृत्य प्रस्तुत गर्नुभएको थियो भने धेरै जना सहभागी हरुले आ आफ्ना रचना समेत प्रस्तुत गर्दै कार्यक्रमलाई रमाईलो बनाउनुभएको थियो।कार्यक्रमका बिच कोरियाको पहिलो कार्यकाल लाई बिट मार्दै नेपाल फर्कन लाग्नुभएको सामाजिक अभियन्ता तथा ह्वासाङ नेपाली समाज दक्षिण कोरियाका महासचिव मनोज गुरुङ तथा फुर्वा लामा लाई सस्थाले सम्मान तथा बिदाई गरेको थियो।
पिकनिक को भोलीपल्ट बिहान प्रशिक्षक प्रेमराज अधिकारी र आदि अनाडी सन्तोष मार्फत सहभागी हरुलाई योग प्रशिक्षण गराउनुभएको थियो।योग प्रशिक्षण पछी शुद्द नेपाली भेज परिकार संगै सहभागीहरुले बिहानीको खाना पश्चात कार्यक्रमको मुख्य आकर्षण र्याफ्टिङ मा रमाएका थिय।

दान्याङको हान रिभर मा करिव ३ घन्टाको समयसम्म र्याफ्टिङको छुट्टै मज्जा लिएका सहभागी हरुले आफुहरु पाँच स ले यस्तो अवसर जुराएको मा धन्यबाद ज्ञापन गरेका थिय।

सस्थाका उपाध्यक्ष तथा भ्रमण तथा पिकनिक का संयोजक नरेस मेहताले पाँच स ले यस्तो कार्यक्रम पहिलो पटक आयोजना गरेका कारणले व्यवस्थापन पक्षमा केही त्रुटी भएमा सहभागीहरु मार्फत क्षमा दिन आग्रह गर्नुभएको थियो साथै आगामी दिनमा थप सुधारेर जाने कुरामा विश्वस्त गराउनुभएको थियो।
सहभागीका तर्फबाट के पी चौलागाई ले पाँच स ले अरुले भन्दा पृथक खालको कार्यक्रम तथा चुस्त व्यवस्थापन पक्ष को प्रसँसा गर्नुभएको थियो।साथै अन्य संघसस्थाको भन्दा फरक भएको र रमणिय ठाउँमा घुमाएकोमा पाँच स दक्षिण कोरियालाई धन्यबाद दिनुभएको थियो।
फोटो फिचर