संसदमा कोमल वलीको क्षमायाचना

मुख्य समाचार

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकी सांसद कोमल वलीले संसद बैठकमा क्षमायाचना गरेकी छिन्। एउटा टेलिभिजन अन्तर्वार्तामा प्रयोग गरेको परम्परागत लोक उखानले विवादमा तानिएकी वलीले बुधबारको राष्ट्रियसभा बैठकमा उक्त उखानका लागि क्षमायाचना गरेकी हुन्।

‘जिवित हुँदा नै केही राम्रो गर्न मन भएको तर मृत्युपछिको सम्मानलाई विश्वास नगर्ने भन्ने मेरो भावना अभिव्यक्त गर्न उक्त उखान प्रयोग गरेकी थिएँ’, वलीले भनिन्, ‘मैले त्यो उखान कुनै एक समुदायको मन दुखाउन प्रयोग गरेकी थिइन। उक्त उखानको अविधार्थका कारण कसैलाई चोट पुगेको भए त्यसप्रति म क्षमायाचना गर्दछु।’ उखान प्रयोग गर्दा ख्याल गर्नुपर्ने शिक्षा आफूले पाएको उनको भनाई छ।

टेलिभिजन अन्तर्वार्तामा सांसद वलीले ‘मरेपछि… राजा’ भन्ने उखान प्रायेग गरेपछि दलित समुदायले आफूहरुलाई होच्याएको भन्दै विरोध गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *