इपिएस पास गरेर सम्पूर्ण प्रक्रिया पूरा गर्दा पनि कोरिया जान वञ्चित भएका नेपालीहरुलाई दक्षिण कोरिया पठाउन अनुरोध गर्दै कोरियामा क्रियाशिल सङ्घसस्थाका प्रतिनिधि हरु ले भेटे प्रधानमन्त्रीलाई !

कोरिया गतिबिधी

सिओल

दक्षिण कोरियामा नेपालीहरूको विद्यमान अवस्था, सस्तो दरमा दक्षिण कोरिया नेपाल नियमित उडान सञ्चालन, रोजगारीको सिलसिलामा कोरियामा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा समेट्न , इपिएस पास गरेर सम्पूर्ण प्रक्रिया पूरा गर्दा पनि कोरिया जान वञ्चित भएका नेपालीहरुलाई दक्षिण कोरिया पठाउन , यथासिघ्र दक्षिण कोरियामा नेपाली राजदूत नियुक्त गर्न लगायत विविध विषयमा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ।

नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष रञ्जन राज कुँवर , नेपाली जनसंपर्क समितिका पुर्व उपसभापति सूर्य क्षेत्री र गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका निवर्तमान उपाध्यक्ष यदु लामिछानेले आज प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाएको छ।
भेटको क्रममा प्रधानमन्त्री देउवाले नियमित उडान सञ्चालनको निमित्त पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने , दक्षिण कोरियामा रोजगारीको सिलसिलामा पुगेका नेपालीहरूलाई सामाजिक सुरक्षा योजनामा समेट्न कार्यान्वयन गर्नको निमित्त कार्यपत्र तयार गरिने ,सम्बन्धित निकायलाई चाँडोभन्दा चाँडो योजनालाई कार्यान्वयनमा ल्याउन निर्देशन दिने बताउनुभयो त्यस्तै ईपीएसमार्फत कोरिया जान नपाएका व्यक्तिहरू के कारणले जान नपाएको श्रम मन्त्रालय मार्फत बुझेर र यथासिघ्र कोरिया पठाउने आश्वासन दिनुभएको थियो।

स्मरणरहोस् योभन्दा अगाडि दक्षिण कोरियामा क्रियाशील नेपाली राजनीतिक दलका भातृ संगठनले नेपाली राजदूतावास दक्षिण कोरियालाई नियमित उडानको लागि ज्ञापनपत्र पनि बुझाएको थियो।

यस्तो थियो समाचार:-
नेपाल नियमित उडान शुरु हुने पर्ने लगायत विभिन्न माग राखेर कोरियाको नेपाली दूतावास मार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाइएको छ। नेपाली जन-सम्पर्क समिती कोरियाको नेतृत्वमा कोरियामा क्रियाशील राजनीतिक संगठनहरु प्रवासी मंच , नेपाली जनप्रगतिशिल मंच ,प्रवाशी नेपाली एकता समाज ,नेपाली समाज र प्रवासी नेपाली एकता समाजले दक्षिण कोरियामा रहेका नेपालीहरुले महँगो भाडा तिरेर हवाई यात्रा गर्न बाध्य भएको भन्दै तत्काल नियमित उडान शुरु हुने पर्ने माग राखेर ज्ञापन पत्र बुझाएका हुन्।

पछिल्लो समय नेपाल र कोरिया दुवै मुलुकमा कोरोनाको प्रकोप सामान्य बन्दै गएपनि नेपाल -कोरिया -नेपाल चार्टर्ड उडानले धेरै नेपालीहरुले महँगो शुल्कमा यात्रा गर्न बाध्य भएको भन्दै सामाजिक संचालमा चर्को रुपमा कुरा उठेपछि यहा क्रियाशील राजनीतिक संगठन एकजुट भएर सौल स्थित नेपाली दूतावास पुगेका थिए। नेपाली जनसम्पर्क समितिका सभापति भजिन्द्र छेत्री , पुर्व सभापति गिरिराज कुंवर ,प्रवासी मंचका सल्लाहकार ध्यान राई , जन प्रगतिशील मंचका प्रतिनिधि श्री श्रेष्ठ , प्रवासी नेपाली एकता समाजका अध्यक्ष शुभराज भोम्जन, नेपाली जनसम्पर्क समितिका सल्लाहकार यदु लामिछाने , पत्रकार महासंघ कोरियाका पुर्व अध्यक्ष अशोक मैनालीले कार्यबाहक राजदूत राम सिंह थापा मार्फत पर्यटन मन्त्रालय , परराष्ट्र मन्त्रालयलाई बोधार्थ गर्दै प्रधानमन्त्रीलाई उक्त ज्ञापन पत्र बुझाएको थिए।नयाँ दैनिकी बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *