गुरुदत्त न्यौपाने/सिओल
सूर्योदय र हरियाली ईलामीहरुको पहिचान,पर्यटन प्रवर्धन र समाजसेवा हाम्रो अभियान भन्ने मुल नाराका साथ २०१४ मा स्थापना भएको ‘ईलामेली समाज दक्षिण कोरिया’ को चौँथो अधिवेशन निक नेपाल ट्राभलको हल दोङ्देमुनमा सम्पन्न भएको छ।समाजको अध्यक्षमा टिका थेगिम सर्वसहमत चुनिएका छन।
एन आर एन ए अध्यक्ष दिपक पुनको को प्रमुख आथित्यता ,पूर्वाञ्चल सरोकार समाजका अध्यक्ष अमृत राई को बिशेष आतिथ्यता तथा समाजका का अध्यक्ष केदार निरौला को अध्यक्षता मा कार्यक्रमको उद्घाटन भएको थियो भने निर्वाचन मण्डलका अध्यक्ष प्रतिक बोहोरा को अध्यक्षता मा बन्द सत्र सम्पन्न भएको थियो।
कार्यक्रममा उपस्थित अतिथि, विशिष्ट अतिथिहरु लगायत प्रमुख अतिथिले शुभकामना मन्तव्य राख्दै संस्थाको बारेमा थप प्रष्ट पारेकाथिए। कोरियामा क्रियाशिल ईलामेली हरुले पर्यटन प्रवर्धन तथा सामाजिक काम गर्ने उद्देश्यले स्थापना गरेको सस्थाको चौँथो अधिवेशन बाट टिका थेगिम अध्यक्ष भएका हुन।
अधिवेशन बाट सर्वसहमत रुपमा चुनिएका सँस्थाका पदाधिकारी हरुको नामावली यस प्रकार रहेको छ।
इलामेली समाज नवनिर्वाचित चौथो कार्यसमिति
अध्यक्ष – टिका थेगिम
वरिष्ठ उपाध्यक्ष – दिप गुरुङ
उपाध्यक्ष- देष बहादुर लिङ्देन
महासचिव – सुरेश रिजाल
सचिव – भीम बिराज शंकर
कोषाध्यक्ष – भवानि घिमिरे
सह कोषाध्यक्ष – मदन चापागाईं
सदस्य – आशिष शाह
सदस्य – डिल्लि हाङसुरुम्बा
सदस्य – सुबाश चेम्जोङ
सदस्य – सुनिल गुरुङ
सदस्य – गणेश तामाङ्ग
सदस्य – छत्र राई
सदस्य – तिर्थ लुईटेल
(थप २ उपाध्यक्ष र ५ सदस्यहरु पछि पहिलो बैठक बाट मनोनयन गरिनेछ)
सल्लाहकार समिति
संस्थापक अध्यक्ष- हरि खनाल
संरक्षक – केदार निरौला
प्रमुख सल्लाहकार – पबित्रा थेबे
बरिष्ठ सल्लाहकार – सरोज सुब्बा
सल्लाहकार – खोम गुरुङ
सल्लाहकार – दावा तामाङ
सल्लाहकार – महेश थापा