गुरुदत्त न्यौपाने/सिओल
दक्षिण कोरियामा ब्रेकअप पछि पनि आफ्नी पूर्व प्रेमिकालाई बारम्बार कल गर्ने एक यूवकलाई १ बर्षको जे’ल सजा’य सुनाईएको छ।
आफ्नो प्रेम सम्बन्ध बाट अलग भएपछी बारम्बार फोन गर्न नपाउने अदालतबाट आएको आदेशको बाबजुद पनि २४ दिनमा मात्र १०२३ पटक फोन गरेको र आफ्नी पूर्व प्रेमिकालाई पिछा गरेको आरोपमा एक ३८ वर्षीय पुरुषलाई सोमबार एक वर्षको जे’ल सजा’य सुनाइएको छ।
अदालतले अनावस्यक सम्पर्क प्रतिबन्ध लगाउने आदेश जारी गरे पनि दम्पती ब्रेकअप भएपछि मोबाइल मेसेन्जरमार्फत धम्कीपूर्ण सन्देश पठाएको आरोपमा प्रतिवादीलाई छुन्छन जिल्ला अदालतको वन्जु शाखाले दोषी ठहर गरी उक्त सजायको फैसला भएको हो ।दोषी यूवकको परिचय गोप्य राखिएको छ।
अदालतले उनलाई ४० घन्टाको सचेतना कार्यक्रममा अनिवार्य उपस्थिति हुन आदेश जारी गरेको छ।
“अदालतले फोन गर्न रोक लगाउने आदेश जस्ता अस्थायी उपायहरू पछि पनि प्रतिवादीले पीछा गर्ने कार्य जारी राखेको तथ्यलाई ध्यानमा राखेर जरिवाना गरिएको हो,” अदालतले आफ्नो आदेशमा उल्लेख गरेको छ।
यस वर्षको सुरुमा लागू भएको एन्टी स्टेकिङ कानून अन्तर्गत, यस्तो हर्कत गर्नेहरूलाई तीन वर्षसम्म जेल वा ३० मिलियन वोन ($ 23,300) जरिवाना हुन सक्छ। । कानूनले यो पनि उल्लेख गरेको छ कि पुलिसले आपतकालीन उपायहरू वा अस्थायी उपायहरू लागू गर्न सक्छ जसले यस्तो हर्कत गर्नेहरुलाई सजाय गर्न अनुमति दिन्छ।