साफ महिला फुटबल : २७ मिनेटभित्र माल्दिभ्सविरुद्ध भारतको चार गोल

मुख्य समाचार

विराटनगर : मं‌गलबारदेखि विराटनगरको सहिद रंगशालामा सुरु साफ महिला च्याम्पियन्सिप फुटबल प्रतियोगितको दोस्रो दिनको खेलमा २७ मिनेट भित्र भारतले माल्दिभ्सविरुद्ध चार गोलको अग्रता बनाएको छ ।

भारतले सुरुमै आक्रमक प्रदर्शन गर्दै २७ मिनेटमित्र चार गोलको अग्रता बनाउन सफल भएको हो । भारतका लागि पहिलो गोल खेलको आठौँ मिनेटमा ग्रासेई दाङ्गमैईले गरेकी हुन् ।

पहलो गोल गरेको पाँच मिनेट नबित्दै भारतका लागि स्विटी देवीले अर्को गोल थप्दै अग्रता २-० मा पुर्‍याइन् । त्यसपछि भारतका लागि खेलको २३ मिनेटमा इन्दुमतिले गोल गर्दै अग्रता ३-० मा पुर्‍याएकी छन् ।

त्यसपछि खेलको २७ औँ मिनेटमा सञ्जुले अर्को व्यक्तिगत गोल थप्दै ४-० को अग्रता दिलाएकी हुन् ।

महिला साफ च्याम्पियन्सिपमा भारत चार पटकको च्याम्पियन हो । यो पटक नेपाली चेलीहरुको टिमलाई पनि उपाधि दाबेदार मानिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *