वैदेशिक रोजगारी ;नीति ,नियत कि नियति ?

बिचार/ब्लग

दिपेश कार्की

’बसाइ हिड्नेको तातीले बस्नेको मन रूहाउदछ ,लाखौको लागि उजाड छ यो देश मुठ्ठी भरलाइ त स्वर्ग छ ।

बिषयको उठान यहि गित बाट गर्न चाँहे |देश अधिराज्य बाट गणराज्यमा प्रवेश गरेतापनि परदेशिनेकोको ताती दुरुस्तै छन् |बिषय थालनीको गितले भनेझै देश छोड्नेको ताती छ |आधारभूत आवस्यकता पुरा गर्ने समेत हम्मे हम्मे पर्ने मात्र होइनन देशलाई ठूलै परिवर्तन दिन सक्ने अर्हत ,सम्बुद्द्व ,बुद्दिजीवी अनि दक्ष ब्याक्तिहरुको समेत देश छोड्नेको ताती लामै छ |

युवाहरु दिनानु देश छोड्न उनका वैभवशाली सौख र विलक्षण महत्कांक्ष वा व्यवहारिक जटिलता मात्र कारक हैनन |देशमा मौलाएको भ्रस्टाचार ,हरेक क्षेत्रलाई प्रभावमा राख्न चाहने नेतागणहरुका स्वभाव |सबैभन्दा महत्व पूर्णकुरा पाइला पाइला मा सचेत रहनु पर्ने कानुनि चुंगुल|गास र बासको सुनुश्चित नभएका गाउको एउटा बुबुरो करोडौ राजस्व छली रे यो कानुनि चुंगुल होइन र? |युवा बिदेसिन चाहेका मात्र हैन युवा आफ्नो देशबाट जति सक्दो चाडो भाग्न चाहन्छन ,अनि राज्य भगाउन |

केहि महिना अघि न्युज 24 का कार्यक्रम प्रस्तोता टेक ना.भट्टराइ द्वारा लिइएको श्रम तथा रोजगार मन्त्रि किशान श्रेष्ठको अन्तरवार्तामा माननिय ज्युले एक सय दिनको कार्य सफलताको सुचिमै ७६८ जना युवा दक्षिण कोरिया धपाउन सकेको कुरा गर्वका साथ प्रस्तुत गर्नु भयो इजरायल पास भएका एघार सय पचहत्तर मध्ये एक सय पाच लगत्तै पठाइने साथै बेलायत तथा अन्य मुलुकमा समेत नेपालि युवा पठाउन प्रभावकारी कुराको थालनी आफ्नै पालामा भएको कुरा शिर ठाडो पारेर गर्जनका साथ् भन्नुले यो कुरा पुष्टि गर्छ युवा लाइ परदेश खेद्ने सरकारको नीति नियत दुवै हो | युवाको नियति भन्न धक मान्नु पर्दैन |

मृत्युको अप्राकृतिक सिदान्त अनुरुप (महामारी) कसैको मृत्यु भए जसो तसो लासको बन्दोवस्त होला पनि तर गाउमा कसैको प्राकृतिक मृत्यु भए लास उठाउने मानिश समेत गाउ भरि खोज्दा पाउन मुस्किल छ | २०७२ को युवा रास्ट्रनीति यहि थियो त ?युवाहरु परदेश जानु देशको सफलता हो त?हैन भने मन्त्रि किन छाती चौडा पार्दै युवा विदेश खेदाएका अभूतपूर्व गाथा सुनाउछन?

फेरी नेताहरुका स्लोगन सुन्ने हो भने म परदेश किन आए भनेर आफै संग प्रश्न गर्न मन लाग्छ |’’समृद्द नेपाल शुखी नेपालि ‘’अर्का को ‘’समुन्नत नेपाल सम्मानित नेपाली ’’’ रे |फगत स्वान्त सुखायका लागि वा चुनाव देखि चुनाव सम्मको यात्रा सहजीकरणका निमित्त बनाइएका यस्ता स्लोगन र टिचकुले नेताहरुलाई परदेश बाट एउटा आग्रह गर्छु हामीलाई केहि चाहिन्न ‘शान्त नेपाल खुशी नेपालि “ बस् ,यति भए हामि युवा फर्कन्छौ | नियति लाइ घुडा टेकाउछौ | जन्म र मृत्यु बिचको सबै भन्दा उर्जाशील समय अनि आफुलाई समाज परिवर्तनकोलागि अब्बल सावित गर्न जस्तो सुकै संगर्ष गर्न तयार हुने समय नै नै युवास्था हो यस्तो उर्जाशिल समयलाई आफ्नो देशमा खर्चिनुको सट्टा बिदेशी भुमिमा खर्चिनु युवाको नियतिनै बनेको छ |

विदेशबाट फर्किएर कयौ युवाहरु बिदेशमा रहदा सिकेको सिप लाइ आफ्नै देशमा खर्चिएर आफु लगायत केहीलाई रोजगारी दिएका दृष्टान्त समाजमा छारिपस्ट छ |जुन देशमा युवाको संख्या उल्लेखनीय उपस्थित हुन्छ त्यसलाई रास्ट्र बिकासको दरिलो आधारको रुपमा मान्न सकिन्छ |विदेशिएका युवा अदृश्य हिरो हुन् यिनलाइ स्वदेशमै भित्र्याउन राज्यले कुनै ठोस र प्रभावकारी कार्यक्रम ल्याउने पर्छ |नत्र गित ले भनेझै परदेस तिर बसाइ सर्ने युवाको ताती झनै लामो हुनेछ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *