मे’सिनमा टाउको च्या’पिएर कोरियामा एक नेपालीको नि’धन !

कोरिया समाचार

सिओल

कोरियामा कार्यरत एक नेपालीको बिहीबार कार्यस्थल दुर्घ’टनामा परि ज्या’न गएको छ ।

ज्या’न जानेमा भोजपुर घर भई ईपिएस मार्फत दक्षिण कोरियाको याङ्सानमा फलाम काटने कम्पनीमा कार्यरत तिर्थ पाण्डे रहेका गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष सञ्जिव राईले जानकारी दिए ।

काम गरिरहेकै अवस्थामा मे’सनमा टाउको च्या’पिएर उनको घ’टनास्थलमै ज्या’न गएको सहकर्मीलाई उद्धृत गर्दै राईले बताए । ईपीएस मार्फत कोरिया आएका उनी ६ वर्षदेखि कार्यरत थिए ।

फलाम काट्ने काम हुने उक्त कम्पनीमा पटक पटक दुर्घ’टना दोहोरिने गरे पनि बोनस मनग्य पाइने लोभमा नेपाली कामदारले काम गरिरहेका राईले बताए । सोहि कम्पनीमा दुर्घ’टनामा परि गत वर्ष पनि एकजना नेपालीले एउटा हात गुमाएका थिए ।

यस बिषयमा नेपाली राजदुतावास सिओल लाई सम्पर्क गर्दा दुतावास श्रम सहचारी रमा भटराईले दुतावास ले परिवार मा जानाकारी गरिएको र दुतावास बाट गर्नुपर्ने सम्पुर्ण काम हरु गरिसकिएको जानाकारी दिनुभयो।मृ’त शरिर नेपाल पठाउने बिषयमा के गर्ने भन्ने परिवार को निर्णय अनुसार नै सबै काम गरिने दुतावास श्रोतले जानाकारी दिएको छ।

दुतावास मार्फत आौधोगिक दुर्घ’टना तथा सुरक्षित स्वदेश फिर्ती कार्यक्रम बेलाबेला कोरियाका बिभिन्न ठाउँमा आयोजना हुनेभए पनि यस्ता घटना घटनाहरु बारम्बार सुनिएका हुन्छन।कोरियामा कार्यरत नेपालीहरुलाई आफ्नो कार्यस्थलमा काम गर्दा बिशेषगरी सुरक्षा सम्बन्धी शतर्कता अपनाउन दुतावास ले विशेष अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *