काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले स्विमिङ्ग पुल सहितको बनभोज तथा परिचयात्मक कार्यक्रम राख्ने !

कोरिया समाचार

सिओल

काभ्रे सम्पर्क समिती दक्षिण कोरियाले जुलाइ ३० र ३१ तारिखमा वनभोज तथा परिचयात्मक कार्यक्रम गर्ने भएको छ।

सन् २०११ मा कोरियामा रहेका काभ्रेलि बासिहरु मिलेर स्थापना गरेको सस्थाले विशुद्ध नेपाल तथा कोरियामा सामाजिक कार्य गर्दै आएको छ।समाजले कोरिया र नेपालमा हरेक सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा रहेका संघसंस्था संग सहकार्य र समन्वय गर्दै सामाजिक कार्य हरु गर्दै आएको छ त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ भने नेपालमा दैवीप्रकोप , प्राकृतिक प्रकोप साथै कोरोनाको महामारी र विभिन्न सामाजिक कार्यमा सहयोगी भुमिका निर्वाह गर्दै आएको छ।विभिन्न पेसामा आवद्ध काभ्रेली बासि, कोरियामा रहेका बुद्धीजिबी, समाजसेबी, व्यवसायी, विधार्थी, संघसंस्थाका प्रतिनिधीहरु लाई उपस्थितीका लागि समाजका प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्ष सानु लामाले अनुराेध गर्नु भएको छ।

काभ्रे सम्पर्क समिती दक्षिण कोरियाले आयोजना गर्न लागेको कोरिया स्थित 경기도 포천시 군내면 상성복리 350-38 번지 ( 일명 타은) मा बृहत बनभोज तथा परिचयात्मक कार्यक्रममा सहभागीता हुनको लागि सहभागिता शुल्क पुरुषको लागी ८५००० वन र महिलाको लागी ७५००० वन निर्धारण गरिएको र जुलाइ ३० शनिबार दिनको साझ 5.30 मा दोंगदेमुन ३ नम्बर गेट अगाडी ( स्टार रेमिट कार्यालय अगाडि बाट) देखि कार्यक्रम स्थल सम्म प्रस्थान गर्नका लागि गाडि सहितको व्यवस्था गरेको छ बरिष्ठ उपाध्यक्ष (कार्यबाहक अध्यक्ष) मनोज मगरले जानकारी दिनुभएको छ।

गर्मी बिदाको समयमा स्विमिङ पुल, नदी तथा वन जङ्गल, बगैचाको शितलता, प्राकृतिक सुन्दरता, बिभिन्न नेपाली मौलिक परिकार, हाइकिङ संगै हामी नेपाली बिच आपसी सदभाव, भाइचारा, एकता पनी बृद्धी हुने गर्ने उद्देश्यले हुन गइरहेको कार्यक्रमको बिस्तृत जानकारीको लागी

कार्यक्रम: संयोजक सुमन चौलागाई (010-7342-9458)

बरिष्ठ उपाध्यक्ष मनोज मगर(010-9679-5234 )

लाइ सम्पर्क गर्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *