गुरुदत्त न्यौपाने/सिओल
दक्षिण कोरियाले लगातार सुरक्षा जोखिमका कारण युक्रेन र अन्य छ वटा द्वन्द्वग्रस्त देशहरू साथै रूस, बेलारुस र फिलिपिन्सका केही भागहरूमा आगामी जनवरीको अन्त्यसम्म यात्रा प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको विदेश मन्त्रालयले सोमबार जनाएको छ।
कोरियाली नागरिकहरूको लागी ति ठाउँहरुमा यात्रा प्रतिबन्ध जुलाई ३१ तारिख सम्मको लागी थियो तर उच्च सुरक्षा जोखिमका कारणले ६ राष्ट्रहरू अफगानिस्तान, इराक, सोमालिया, यमन, सिरिया र लिबिया मा यात्रा प्रतिबन्ध थप भएको हो।
प्रतिबन्ध बाट प्रभावित रसिया र बेलारुसका केही क्षेत्रहरू पनि छन्, फिलिपिन्स द्वीपसमूहको दक्षिणी क्षेत्रसँगै युक्रेनी सीमाको ३० किलोमिटर भित्र यात्रा गर्न प्रतिबन्ध गरिएको कोरियाली विदेश मन्त्रालयले जनाएको छ।
मन्त्रालयले स्थानीय सुरक्षा अवस्था, सुरक्षा अस्थिरताको उच्च सम्भावना र त्यहाँ “धेरै समयको लागि” जारी आतंकवादको जोखिमलाई उद्धृत गर्दै प्रतिबन्ध थप गरेको हो।