गुरुदत्त न्यौपाने /सिओल
पछिल्लो समय यूवाहरुमाझ लोकप्रिय बनेका चर्चित गाएक शुशान्त के.सी कोरिया आउने भएका छन।
कोल्ड भिष नामक ईभेन्ट अर्गनाईजर समुह मार्फत आउदो जुलाई ३० र ३१ तारिखमा आयोजना हुन लागेको ‘शुसान्त के.सी लाईभ ईन सउल ‘ कार्यक्रमका लागी उनी कोरिया आउन लागेका हुन।
दक्षिण कोरिया सरकारले सामाजिक दुरीका नियमहरु खुकुलो गरेसंगै कोल्ड भिष ले कोरियामा बसोबास गर्ने नेपालीहरुलाई मनोरन्जन दिने उद्देश्यका साथ शुसान्त के.सी लाईभ कन्सर्ट गर्न लागेको कार्यक्रम व्यवस्थापक सन्तोष कुमार राईले जानाकारी दिएका छन।
कार्यक्रममा दि भोईस अफ नेपाल सिजन ३ को टप आठ मा पर्न सफल चर्चित गायिका अफ्रिता खडगी समेत कोरिया आउने भएकी छन।यससंगै कार्यक्रममा कोरियामा सन्चालित फुल्याङ ब्यान्डको विशेष प्रस्तुती समेत रहने राईले बताए।
कन्सर्ट आउदो जुलाई ३० र ३१ तारिख बेलुकी ९ बजेदेखी कोरियाको चर्चित ठाउँ होङ्देमा रहेको प्रिज्म लाईभ हलमा हुने उनले बताए।कार्यक्रम प्रवेश शुल्क ५० हजार वोन रहेको उक्त कन्सर्ट मा जान २ नम्बर हरियो लाईनको हाप्जङ स्टेसन को ३ नम्बर ढोका बाट निस्केर १५० मिटर पर रहेको बुकवाङ बिल्डिङमा रहेको प्रिज्म लाईभ हलमा हुने उनले बताए।

विस्तृत जानाकारीको लागी तल फोटोमा हेर्नुहोस।