दक्षिण कोरियाको पासपोर्ट विश्वकै शक्तिशाली पासपोर्टमा दोस्रो नम्बरमा,नेपाल पछाडीबाट सातौँ नम्बरमा !

कोरिया समाचार

सिओल

एसियाली मुलुक जापानको राहदानी (पासपोर्ट) विश्वकै शक्तिशाली पासपोर्टको सूचीमा पहिलो नम्बरमा रहेको छ भने दक्षिण कोरिया दोस्रो नम्बरमा परेको छ।

लन्डनस्थित हेन्ली कम्पनीले गरेको संसारभरिका पासपोर्टको एक सर्वेक्षणमा जापानको राहदानी शक्तिशाली देखिएको हो। जापानी नागरिकले पहिले नै भिसा नलगाई संसारका १ सय ९३ मुलुकको भ्रमण गर्न पाउँछन् भने कोरियाली नागरिकले १९२ मुलुकमा अन अराईभल भिषा पाउँछन।

जुन देशले सबैभन्दा बढी मुलुकमा अन एराइभल भिसा पाउँछ यसैलाई आधार मान्दै गरिएको उक्त सर्वेक्षमा नेपाली पासपोर्ट १०६ औं स्थानमा छ। गत वर्ष नेपाल १०९औं स्थानमा रहेको थियो । नेपालीले ३८ मुलुकमा अनअराइभल भिसा पाउँछन्।

दोस्रो शक्तिशाली सिंगापुर र दक्षिण कोरियाको राहदानीले १ सय ९२ देश र तेस्रो स्थानमा रहेको जर्मनीको राहदानीले १ सय ९० देशमा अनअराइभल भिसामार्फत घुम्न सकिन्छ।

इटाली, फिनल्यान्ड, र लक्जेमवर्ग १ सय ८९ देशसहित चौथो र डेनमार्क, अस्ट्रिया, नेदरल्यान्ड्स र स्वीडेनको राहदानी १ सय ८८ देशसहित पाँचौं शक्तिशाली पाइएको छ।

दक्षिण एसियाली मुलुकमध्ये भारत ८७ औं स्थानमा रहँदा भुटान ९३ औं, श्रीलंका १०३ औं र बंगलादेश १ सय ४ औं स्थानमा छन्। नेपालभन्दा पछि रहेको पाकिस्तान १०९ औं स्थानमा छ।

सर्वेक्षण गरिएका मुलुकमध्ये अफगानिस्तान सबैभन्दा पुछारमा १ सय १२ औं स्थानमा छ। अफगानिस्तान भन्दा माथि इराक र सिरिया छन्।

संसारका सबैभन्दा बढी शक्तिशाली राहदानी

१. जापान (१९३ राष्ट्रमा अन अराइभल भिसा)
२.सिंगापुर, दक्षिण कोरिया (१९२ राष्ट्रमा अन अराइभल भिसा)
३. जर्मनी, स्पेन (१९० राष्ट्रमा अन अराइभल भिसा)
४. फिनल्यान्ड, इटाली, लक्जेम्बर्ग (१८९राष्ट्रमा अन अराइभल भिसा)
५. अस्ट्रिया, डेनमार्क, नेदरल्यान्ड्स, स्विडेन (१८८राष्ट्रमा अन अराइभल भिसा)

६. फ्रान्स, आयरल्यान्ड, पोर्चुगल, बेलायत (१८७राष्ट्रमा अन अराइभल भिसा)
७. बेल्जियम, न्युजिल्यान्ड, नर्वे, स्विजरल्यान्ड, अमेरिका (१८६ राष्ट्रमा अन अराइभल भिसा)
८. अस्ट्रेलिया, क्यानडा, चेक गणतन्त्र, ग्रीस, माल्टा (१८५ राष्ट्रमा अन अराइभल भिसा)
९.हंगेरी (१८३ राष्ट्रमा अन अराइभल भिसा)
१०.लिथुआनिया, पोल्यान्ड, स्लोभाकिया (१८२ राष्ट्रमा अन अराइभल भिसा)

संसारकै सबैभन्दा कमजोर राहदानी

१०३. कंगो, लेबलान, श्रीलंका, सुडान (४२ राष्ट्रमा अन अराइभल भिसा)
१०४. बंगलादेश, कोशोभो, लिभया (४१ राष्ट्रमा अन अराइभल भिसा)
१०५. उत्तर कोरिया (४० राष्ट्रमा अन अराइभल भिसा)
१०६.नेपाल, प्यालेस्टाइन क्षेत्र (३८ राष्ट्रमा अन अराइभल भिसा)
१०७.सोमालिया (३५ राष्ट्रमा अन अराइभल भिसा)
१०८. यमन (३४ राष्ट्रमा अन अराइभल भिसा)
१०९.पाकिस्तान (३२ राष्ट्रमा अन अराइभल भिसा)
११०.सिरिया (३० राष्ट्रमा अन अराइभल भिसा)
१११.इराक (२९ राष्ट्रमा अन अराइभल भिसा)
११२.अफगानिस्तान (२७ राष्ट्रमा अन अराइभल भिसा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *