दैलेख । दैलेखका ११ वटै स्थानीय सरकार प्रमुखहरुले विप्लव समुहको आंतकका कारण आफुहरुकाे सुरक्षामा चुनौती रहेको समचार आएपछि प्रमुख जिल्ला अधिकारीले ११ वटै स्थानीय सरकारसंग आपतकालीन बैठक गरेको छन् ।
सोमवार दैलेखमा आएका कर्णाली प्रदेशका प्रहरी प्रमुख महेशबिक्रम शाहसंग स्थानीय सरकारका प्रमुखहरुले बिप्लप समुहले चन्दा माग्ने, राजीनामा माग्ने समस्याका कारण आफुहरुको समस्यामा परेको बताएपछि बुधवार प्रमुख जिल्ला अधिकारीले ११ स्थानीय सरकार र जिल्ला सुरक्षा समिति को सयुक्त बैठक बोलाएका हुन् ।
दैलेखमा विप्लप माओवादी समूहले स्थानीय सरकारका प्रमुख उप्रमुखलगायत वडा अध्यक्षसम्मलाई पदबाट राजिनामा दिन पत्राचार गरेसँगै चन्दाको चिठी मागेर धम्की दिएको खवर राजधानी दैनिकमा प्रकाशित भएपछि प्रमुख जिल्ला अधिकारीले ११ स्थानीय तहलाई बोलाएर शान्ती सुरक्षाको ब्यबस्था गर्न आफु सक्षम रहेको भन्दै ढुक्क भएर काम गर्न स्थानीय सरकारलाई आग्रह गरेका हुन् ।
उनले भने, ‘नेपालको संबिधानले स्थानीय सरकारलाई छुटै व्यवस्था गरेपनि शान्ती सुरक्षाको जिम्मा प्रमुख जिल्ला अधिकारीलाई हुन्छ । त्पाईहरुले शान्ती सुरक्षाको लागि समन्वय गर्नुहोस समन्वय अभाव देखिएको छ ।’ ‘नेपालको संबिधानले राजनैतिक गर्ने अधिकार सबैलाई दिएको छ । कसैलाई राजनैतिक दलको आडमा जनतालाई दुःख दिने चन्दा माग्ने अधिकार दिएको छैन । त्यो संबिधान बिपरित हो त्यस्तो भेटिएमा कार्वाही गर्छौँ, उनले भने ।
उनले चन्दा दिने र लिने दुबै सत्रु भएको भन्दै त्यस्तो भएमा कार्वाही प्रक्रिया अगाडी बढ्ने बताए । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख ठाकुर प्रसाद पोखरेलले चन्दा मागे भनेर कसैले पन्छिन नमिल्ने भन्दै आफुले दिएको चन्दाले आफैलाई खतरा हुने बताए । उनले भने, ‘त्यो तपाईहरुले ख्याल गर्ने हो । तपाईलाई कसैले धम्की दियो चन्दा माग्यो भने प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई फोन गर्नुस् ।
उनले भने, ‘प्रत्येक स्थानीय तहका केन्द्र रहेको स्थानमा प्रहरी छ, दुरीका हिसावले कम टाडा होला तर त्यसको पनि ब्यबस्था स्थानीय सरकारले गर्नु पर्छ ।’ ११ स्थानीय तहका सरकार प्रमुख र सुरक्षा समितिको बैठकमा उनले जिल्लामा शान्ती सुरक्षा अब्बल भएको भन्दै संबिधान बिपरित जाने जो कोहीलाई पनि कार्वाही हुने बताएका छन् ।