दक्षिण कोरियामा औद्योगिक दु,र्घटना बाट कसरी बच्ने ?

कोरिया समाचार

उपेन्द्र ढुङ्गाना

१. धेरै पैसा कमाउने लोभ या आशमा लगातार धेरै घण्टासम्म मेशिनमा काम नगर्ने । कामको शिलशिलामा बिच बिचमा आराम गर्दै गर्ने , पानी प्युंदै गर्ने ।

२. साहुलाइ प्रभाब पार्न या आफुलाइ अरुभन्दा अब्बल साबित गर्नको निम्ति हत्तारियर , हडबडायर काम नगर्ने । कुनै कुरामा confuse भय आफूलाइ पक्का नभयसम्म बारम्बार सोध्ने ।

३ कामको शिलशिलामा आफ्नो पुरा ध्यान मेशिनमा केन्द्रीत गर्ने । अरुसंग कुराकानी गर्नुपर्दा मेशिनको छेउछाउ हात राख्ने , शरिर अड्याउने जस्ता कृयाकलाप नगर्ने । दिमागमा विभिन्न कुरा खेलाइरहने , टोलाइरहने जस्ता गतिबिधि नगर्ने ।

४. कार्यस्थल सांघुरो छ भने काम गर्दा दायांबायां ठोक्कियरपनी दुर्घटना हुनसक्छ त्यसैले सांघुरो स्थानमा नहेरिकन अनुमानको भरमा हातखुट्टा धेरै नचलाउने । सामान ओसार पसार गर्दा या राख्दा वरिपरि राम्ररी नजर डुलाउने ।

५. hang over , अनिंदो र पारिवारिक तनाब आदि बोकेर काममा नजाने । पर्याप्त आराम गर्ने , कार्यस्थलमा तोकियको समय भन्दा केही समय अगाडि पुग्ने र केहिबेर साथिभाइसंग गफ गरेर आफुलाइ fresh बनाउने । यदि एक्लो हुनुहुन्छ भने youtube तिर जीवन उपयोगी जानकारी या मनोरन्जनात्मक कार्यक्रमहरु हेरेरपनी आफ्नो mood change गर्न सक्नुहुन्छ ।

६. धेरै खुकुलो , लामो , तर्ल्याङ तुर्लुङ तुना झुण्डियको लुगाहरु नलगाउने । सकेसम्म आफ्नो ज्यानमा fit हुने लुगा रोज्ने । कपाल छोटो राख्ने अथवा पाल्नै परे मेशिन चलाउनु अघि राम्रोसंग बांधेरमात्र काम गर्ने । पन्जा सकेसम्म भित्र पातलो खालको र बाहिर अलि बाक्लो खालको गरि एकै समयमा दुई जोर प्रयोग गर्ने । च्यातियका पन्जाहरु मेशिनमा अड्किन सक्ने हुंदा पन्जा च्यातिनासाथ अर्को नयां पन्जाको प्रयोग गर्ने ।

७. भ्याइहाल्छुनी , सकिहाल्छुनी भन्नेजस्ता over confidence बोकेर चलिरहेको मेशिनभित्र हात नछिराउने । सिकायको बटन बाहेक उत्सुकताबश अन्य बटन नचलाउने ।

८. काम गर्ने ठाउंमा प्रकाशको मात्रा कम छ अथवा छायां परेको कारण राम्ररी देख्न सकिन्न भने कम्पनिमा जानकारी गरायर light को ब्यबस्था गर्न लगाउने ।

९. भनिन्छनी कि आफुले गरेको कामलाइ मन पराउनुस या आफुलाइ मन परेको काम गर्नुस । त्यसैले आफुलाइ कुनै कामसंग अरुची छ भने बाध्यता , जबरजस्ती या अन्य बहानामा त्यो काम गर्दै नगर्नुस ।

१०. सुरक्षा उपकरणको प्रयोग गर्न झण्झट नमान्ने । मेशिन चलाउनु अघि दैनिक रुपमा एकपटक निरिक्षण गर्ने । मेशिनको आवाज अन्य दिनभन्दा फरक लागेमा अथवा केही खराबी जस्तो महशुस भयमा तुरुन्तै जानकारी गराउने ।

११ . 지게차 लगायत साधन चलाउनु अघि त्यसको क्षमता बारे जानकारी राख्ने , म त छिटो छु भ्याइहाल्छुनी भनेर नजिकबाट बाटो नकाट्ने , भारी बोकेर आउंदै गरेको 지게차 को सिधा सामुन्ने नउभिने । कारणबश उभिनै परे दायाँ बायाँ या पछाडितिर खाली ठाउँ छ कि छैन राम्ररी बिचार गर्ने ।

कहिलेकाहिं आफ्नो एउटा खुट्टाले अर्को खुट्टाको चप्पल कुल्चियरपनि लड्न सकिन्छ । बाटोमा हिंड्दै गर्दा रुखबाट झरेको आँप टाउकोमा लागेरपनी हस्पिटल पुग्नुपर्ने हुनसक्छ । त्यसैले हरेक कदममा साबधानी अपनाउनुहोस । सानो सानो नै सहि तर हेलचेक्र्याइं गर्दै नगर्नुहोस

तपाईं एउटाको निम्ति सामान्य लाग्ने कुरा अरु कैयौंको निम्ति अत्यन्तै उपयोगी बन्नपनी सक्छ त्यसैले आफ्ना अनुभव र आफुले देखे भोगे जाने सुनेका कुराहरु सबैसंग बांड्ने बानी बसाल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *