जुनकिरी समुह तथा बाईक फ्रेन्ड्स क्लव दक्षिण कोरियाले नेपाली राजदुतावास संगको सयुक्त आयोजनामा श्रमिकका समस्या,घरफिर्ती तयारी तथा दुतावास ले दिने सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्ने !

कोरिया समाचार

सिओल

दक्षिण कोरियाको ह्वासाङ्ग फारानमा अवस्थित 문화더함공간 서로 कल्चर सेन्टर,लामो समयदेखी नेपाल लगायत अन्य मुलुकमा रहेका विपन्न विधार्थीहरुको शिक्षामा सहयोग गर्दै आईरहेको जुनकिरी समुह साथै बाईक फ्रेन्ड्स क्लवले नेपाली दुतावास संग सहकार्य गरी दक्षिण कोरियामा कार्यरत श्रमिकका समस्या,दुतावासको भुमिका तथा सेवा साथै घरफिर्ती तयारीका बिषयमा वृहत अन्तर्क्रिया कार्यक्रम गर्ने भएको छ।

कार्यक्रम आउदो अगस्ट सात तारिख आईतबारका दिन 문화더함공간 서로 कल्चर सेन्टरको हलमा आयोजना हुने ह्वासाङ्ग सि मा रहेर लामो समयदेखी नेपाली श्रमिक का समस्यामा सहयोग तथा जुनकिरी समुह मार्फत नेपालको विपन्न क्षेत्रमा रहेका विधार्थीको शिक्षामा टेवा पुर्याउँदै आउनुभएका दिपक बन्जारा ले बताउनुभएको छ।

कार्यक्रममा सिओल स्थित नेपाली राजदुतावासका श्रम कन्सुलर रमा भट्टराई,कल्चर सेन्टर सन्चालक सरोजाङनिम,कोरियन कम्युनिटी थावल खोङ्दोङ्जे का सन्चालक,ह्वासाङ्ग वैसागे प्रहरी टिम,जुनकिरी फाउन्डेसनका मेनेजर योङ्ग पिल लगायत अन्य विशिष्ट व्याक्तिहरुको उपस्थिति हुने उहाँले बताउनुभयो।

कमर्यक्रममा कोरिया भित्र नेपाली श्रमिकले दैनिक जसो भोग्ने गरेका श्रमिक समस्या साथै घर फिर्ती तथा राजदुतावासले प्रदान गर्ने सेवाको विषयमा अन्तर्क्रिया कार्यक्रम संचालन हुने भएकोले ह्वासाङ्ग आसपासका नेपालीहरुलाई उपस्थिति को लागी आह्वान गरिएको छ।

#कार्यक्रमका प्रमुख उदेश्यहरु !

१, श्रमिकमा समस्या, आवश्यकता तथा श्रमसम्बन्धि कोरिया को नीति नियम बारे विशेष अन्तर्किया!

२, भिजा सकिएपश्चात खुसिसाथ घरफिर्ती तथा नेपालमै ब्यवसायिक लगानिका सम्भावना बारे छलफल!

३, कोरियास्थित नेपाली राजदुताबासले दिने सेवा सुबिधाहरुको बारेमा बिस्लेषण!

४, कोरियाली भूमिमा घट्ने विभिन्न घट्ना न्यूनिकरण को लागि गर्नु पर्ने कोसिस बारे छलफल!

५, प्रहरी तर्फ बाट नियम कानुन सम्बन्धी जानकारी!

६, कोरियन कम्युनिटी बीच सहकार्य गरी विदेशी नागरिकहरूले गर्न सक्ने क्रियाकलाप बारे!

७, जूनकीरी टिमले गर्दै आएको हाल सम्मको गतिविधि बारे जानकारी!

८, सुरक्षित ह्वासंङ निर्माणमा कोरियन कम्युनिटी साथै श्रमिकको भुमिका बारे!

९, आगामी दिनहरुमा विदेशी नागरिकहरुको अतिरिक्त क्रियाकलपमा हुने सहभागिता बारे!

#स्थान: ह्वासँङ्सि फारान जेरो मार्ट सँगै रहेको 문화더함공간 서로( कल्चर सेन्टर) ग्राउन्ड फ्लोर स्थित सभाहल
주소: 경기도 화성시 향남읍 3.1만세로 1113,지하 1층
मिति: अगस्ट ७ तारीख २०२२

Leave a Reply

Your email address will not be published. Required fields are marked *