शिव भुसाल,सिओल,
कोरियाली टेलिभिजन ओबियस र विदेशी परामर्श केन्द्र उईजङबुद्धारा आईतवार उईजङबुमा आयोजित सुरक्षा क्विजमा नेपाली युवा सुदर्शन देवकोटाले प्रथम स्थान हाँसिल गरेका छन् ।
दुई संस्थाको समन्वयमा विदेशीलाई लक्षित गरेर गरिएको उक्त प्रतियोगितामा औद्योगिक दुर्घटना न्यूनिकरण सम्बन्धि प्रस्न सोधिएकोमा प्रथम देवकोटा सहित, द्धितिय संगम भोयागर र तृतीय मोहन पाण्डे हुन सफल भएका छन् ।
१६ देशका करिब ६० जना प्रतिस्प्रधिका विचमा तीनओटै स्थानमा नेपालीले जित्नु गौरवको विषय भएको देवकोटाले बताए । देवकोटाले ल्याप्टप उपहार प्राप्त गरेका छन भने द्धितियले भ्याकुम क्लिनर र तृतीयले राईस कुकर प्राप्त गरे ।
कोरियाली उद्योगहरुमा आप्रवासी श्रमिकको दुर्घटना न्यूनिकरण होस भन्ने उद्देश्यले यहाँका विदेशीका विचमा काम गर्ने संस्थाहरुले यस्ता कार्यक्रमहरु आयोजना गर्दै आएका छन् ।
कोरियामा वर्षेनी नेपालीले पनि औद्योगिक दुर्घटनाका कारण ज्यान गुमाउने गरेका छन् । विदेशीका विचमा यस्ता क्जि प्रतियोगिता गराउँदा उनिहरुमा दुर्घटनाका कारणहरुका विषयमा ज्ञान बढ्ने आयोजकको दाबी छ ।
गत हप्ता मात्र याङजुमा एक नेपालीले औद्योगिक दुर्घटनामा ज्यान गुमाएका थिए ।