दक्षिण कोरियामा कोरोना सङ्क्रमण तिव्र वृद्दी,आज मात्रै एकलाख हाराहारी सङ्क्रमित थपिय !

कोरिया समाचार

गुरुदत्त न्यौपाने/सिओल

ओमिक्रोन सब भेरियन्टको द्रुत फैलावटका कारण कोरियामा कोरोनाको चौँथो लहर आएको छ।दक्षिण कोरियामा कोभिड सङ्क्रमण दैनिक रुपमा बढदो छ।

दक्षिण कोरियामा आजमात्रै एक लाखको हाराहारी मा कोरोना सङ्क्रमित फेला परेका छन।आज कोरियामा ९९,३२७ जना सङ्क्रमित थपिएका छन।जसमा ३५३ जना विदेश बाट सङ्क्रमित भएर फर्किएका हुन ।अहिले सम्म कोरियामा कुल सङ्क्रमित १,९३,४६,७६४ पुगेको कोरिया रोग नियन्त्रण तथा रोकथाम कार्यालयले जनाएको छ।

कोरियामा आजको सङ्क्रमण गत अप्रिल २० पछाडीको सबैभन्दा बढी हो।गत अप्रिल २० मा १११२९१ सङ्क्रमित फेला परे पछिकै आज सबैभन्दा बढी सङ्क्रमित फेला परेका हुन।

कोरियाले ओमिक्रोन सबभेरियन्ट BA.5 को द्रुत फैलावटका कारणले दैनिक सङ्क्रमण बढेको बताएको छ। जुनमा प्रायः चार अंकमा रहेको सङ्क्रमण सङ्ख्या यस महिनाको सुरुदेखी संक्रमण संख्या पाँच अंकमा पुगेको छ।

यस वर्षको सुरुमा कोरियाले सबैभन्दा खराब ओमिक्रोन प्रकोपको सामना गरेको थियो,जसमा मार्चको मध्यमा दैनिक सङ्क्रमणको सङ्ख्या ६,२०,००० भन्दा बढी रहेको थियो।

आज मात्रै कोभिडको कारण कोरियामा १७ जनाको मृ’त्यु भएको छ ,यस संगै कोरोनाको करण मृ’त्यु हुनेको सङ्ख्या २४,९०७ पुगेको छ।गम्भिर विरामीहरुको सङ्ख्या १६८ पुगेको छ जुन हिजोको तुलनामा २४ ले बढी हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *