कोरियामा मोबाईल हेर्न नदिएको भन्दै आफ्नी गर्लफ्रेन्ड कुट’ने यूवकलाई १० महिनाको जे’ल सजा’य !

कोरिया समाचार

गुरुदत्त न्यौपाने/सिओल

दक्षिण कोरियामा मोबाईल हेर्न नदिएको भन्दै आफ्नी गर्लफ्रेन्ड कुट’ने यूवकलाई १० महिनाको जे’ल सजा’य सुनाईएको छ।

गत सोमबार कोरियाको दक्षिणी टापु शहर जेजु जिल्ला अदालतले ४१ बर्षिय यूवकलाई मोवाईल हेर्न नदिएको भन्दै आफ्नी गर्लफ्रेन्ड लाई बन्धक बनाई कुटेको आरोपमा १० महिनाको जेल सजाय तोकिएको हो।

गत मार्च महिनामा आरोपितले आफ्नी गर्लफ्रेन्ड लाई आफ्नो नियन्त्रणमा लिई कुटपिट गरेको खुल्न आएको छ।आरोपितको परिचय गोप्य राखिएको छ।

अदालतमा पेश भएको मिसिलमा आरोपितले पिडितलाई करिव ४ घन्टासम्म कुटपिट तथा दुर्वयवहार गरको प्रमाणित भएको छ।त्यस लगत्तै उनले किचनको चक्कुले आँफैलाई मा’र्ने धम्की दिएका थिय।

उनले विगतमा समेत आक्रमण, यौ’न अ’पराध र चोरीको कारण धेरै पटक जेल परेको रेकर्ड रहेको खुलासा भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *