कोरियामा कोरोना सङ्क्रमण विगत ३ महिनायताकै सबैभन्दा बढी,आजमात्रै थपिय १ लाख १९ हजार सङ्क्रमित !

कोरिया समाचार

गुरुदत्त न्यौपाने/सिओल

अत्यधिक सङ्क्रामक ओमिक्रोन भेरियन्ट का कारण कोरियामा कोरोनाको चौँथो लहर आएको छ।नयाँ लहरकै बिचमा कोरियामा आजमात्रै विगत ३ महिनायताकै उच्च सङ्क्रमण फेला परेको छ।

कोरिया रोग नियन्त्रण तथा रोकथाम कार्यालयका अनुसार आज मात्रै कोरियामा १,१९,९२२ नयाँ कोभिड सङ्क्रमित थपिएका छन,जसमा विदेश बाट सङ्क्रमित भएर आउनेको सङ्ख्या ६०० छ भने बाँकी सबै स्थानिय सङ्क्रमण हो।यससङ्गै हालसम्म को कुल सङ्क्रमितको सङख्या २ करोड ५२ लाख ३ सय ५ पुगेको छ।

कुल जसङख्या ५ करोड भएको रास्ट्र कोरियामा जनवरी २० २०२० मा पहिलो कोभिड सङ्क्रमण देखिएको करिव साढे २ बर्षपछी कुल जनसङ्ख्याको आधा मानिस सङ्क्रमित हुन पुगेको केडिसिए ले बताएको छ।

बुधबारको सङ्क्रमण सङ्ख्या गत अप्रिल १५ पछाडीको सबैभन्दा उच्च सङ्क्रमण हो,गत अप्रिल १५ मा १,२५,८२२ सङ्क्रमण देखिएपछाडी कै आज उच्च सङ्क्रमण फेला परेको ओमिक्रोनको नयाँ BA.5 भेरियन्ट जुन द्रुत गतिमा सङ्क्रमण फैलावट हुने कारण यो अवस्था आएको केडिसिए ले बताएको छ।

गम्भीर बिरामीहरूको संख्या पनि बढेर आजमात्रै २८४ पुगेको छ, जुन लगभग तीन महिनाको उच्च स्तर हो।

KDCA ले आजमात्रै COVID-19 बाट २६ जनाको मृत्यु भएको रिपोर्ट गरेको छ, यससंगै कोभिड सङ्क्रमण बाट आजसम्म मृत्यु हुनेको संख्या २५,११० पुगेको छ। मृत्यु दर ०.१३ प्रतिशत रहेको छ।

कोरियामा यो हप्ता गर्मी बिदा परेको कारण मानिसहरुको चहलपहल बढेको कारण थप सङ्क्रमण बढन सक्ने स्वास्थ्य अधिकारीहरुले आँकलन गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *