गुरुदत्त न्यौपाने/सिओल
कोरिया घुम्न आएका ११० थाईल्यान्डी पर्यटकलाई यहाँको अध्यागमन विभागले कोरिया प्रवेशमा रोक लगाएको छ।गत मंगलबार कोरियाको दक्षिणी आईल्यान्ड तथा पर्यटकिय सहर जेजुको विमानस्थल प्रयोग गरी थाईल्यान्ड बाट आएका ११० थाई पर्यटकलाई अधागमनले कोरिया प्रवेशमा रोक लगाएको कोरियाली समाचार माध्यमले जनाएका छन।
जेजु अध्यागमन विभागका अनुसार मंगलबार बिहान बैंककबाट जेजु अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका १८४ थाई नागरिकहरूमध्ये १२५ जनालाई शँकाको घेरामा राखिएको थियो।ति सबैलाई अध्यागमन विभागले पुन: परिक्षण गरेको थियो जसमध्ये, ११० जना लाई प्रवेश निषेध गरी मंगलबार कै बेलुकीको उडान मार्फत एयरपोर्ट बाटै स्वदेश फिर्ता गरिएको थियो ।
एउटै उडानबाट १०० भन्दा बढी पर्यटक प्रवेश गर्न नपाएको कोरियाको ईतिहासमा यो पहिलो घटना हो।यस्ता घटनाहरु अध्यागमन विभागले विरलै हुने बताएको छ।
अध्यागमन अधिकारीहरूले उनीहरूको प्रवेश अस्वीकार गर्नुको स्पष्ट कारण खुलाएका छैनन्। तर उनिहरुको कागजात परिक्षण गर्दा कतिपय आ’पराधिक रेकर्ड भएका,फर्जी कागजात बनाई कोरिया प्रवेश गरेका साथै पर्यटकिय भिषा मार्फत कोरिया प्रवेश गरी यतै गैर कानुनी रुपमा बस्ने मनसाय भएका कारण उनिहरुलाई कोरिया प्रवेशमा रोक लगाएको आँकलन गरिएको छ।
विगत ३ बर्षदेखी बन्द पर्यटकिय भिषा कोरोना महामारी केही घटेका कारण कोरिया सरकारले खुलाएपछी कोरिया घुम्नको लागी भिषा आवेदन दिने विदेशी नागरिकको उल्लेख्य वृद्दी भएसंगै कोरियाली अध्यागमन विभागले फर्जी कागजात पेश गर्ने,आपराधिक रेकर्ड भएका,विगतमा कोरियामा गैरकानुनी रुपमा बसोबास गरेका लगायत अन्य धेरै कारणहरुमा मिहिन रुपमा परिक्षण कडाई गरेको छ।
नेपाल बाट समेत पर्यटकिय भिषा आवेदन दिने मानिसहरुको उल्लेख्य बृद्दी भएको छ।यही घटनालाई आधार मानेर नेपाल बाट कोरिया घुम्न आउन चाहनेहरुले त्यसतर्फ सचेत हुन जरुरी छ।