सियोलको जाम्सिल मा रहेको रंगशालामा ब’म बिस्फो’ट गराउने ध’म्की आएपछी प्रहरीले १००० जनालाई सुरक्षित स्थानमा सार्यो !

कोरिया समाचार

गुरुदत्त न्यौपाने/सियोल

दक्षिण कोरियाको राजधानी सियोलको दक्षिणी भागमा रहेको जाम्सिल खेलकुद रंगशालामा २० बर्षिय एक व्याक्तिले ब’म बि’स्फोट गराउने ध’म्की दिएपछी आज आईतबार प्रहरीले त्यहाँ भएका झन्डै १००० जनालाई सुरक्षित स्थानमा सारेको छ।

आफूलाई इस्लामिक स्टेट (आईएस) लडाकु भएको दाबी गर्ने २० बर्षिय उक्त व्यक्तिले आइतवार बिहान सामाजिक सन्जालमा उक्त खेलकुद रंगशालामा ३ वटा ब’म बि’स्फोट गराउने भन्दै स्ट्याटस राखेपछी प्रहरीले त्यहाँ भएका मानिसहरुलाई सुरक्षित स्थानमा सारेको थियो।

उक्त पोस्ट सियोलकै सोङ्पा गु फायर स्टेशनले देखेपछी विहान १०:१९ मा प्रहरीलाई चेतावनी दिएको सोङ्पा फाएर स्टेशनलाई उदृध गर्दै दि कोरिया टाईम्सले लेखेको छ।

उक्त रंगशालामा अव आउँदो पर्यटकिय महोत्सब सियोल स्पोर्टस फेस्टाको तयारीमा लागेका करिव १ हजार मानिसलाई सुरक्षित स्थानमा निकाल्न १४ सवारी साधन र ५८ जना प्रहरी कर्मचारी परिचालन गरिएको थियो।

सोङ्पा फायर स्टेशनबाट जानाकारी पाईसके पश्चात लगत्तै प्रहरीले आवश्यक तयारीका साथ त्यहाँ अनुसन्धान गर्दा केही नभेटिएको जनाएको छ।

उक्त स्ट्याटस पोस्टिङ डिभाईसको आईपी अड्रेस ट्र्याक गर्दा उक्त पोस्ट गर्ने २० बर्षिय व्याक्ती सियोलको उत्तरी भाग गोयाङमा रहेको र उसलाई पहिचान गर्दा उ मानसिक रुपमा अपाङ्गता भएको कारण उसलाई प्रहरीले हिरासतमा नलिई छोडेको प्रहरी श्रोतले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *