गुरुदत्त न्यौपाने/सिओल
दक्षिण कोरियाको राजधानी सिओलको एक अदालतले आफ्नो साहुसंग बसेर अत्यधिक मदि’रा सेवन गरी घर फर्किने क्रममा चिप्लिएर म’र्ने कामदार लाई कार्यस्थल दु’र्घटनाको शिकारको रुपमा मान्यता दिने निर्णय गरेको छ।
सेक्युरिटी गार्डको रूपमा काम गर्ने एक व्यक्ति २०२० मा आफ्नो साहुसंग रक्सी पिएर फर्किदा आफ्नो घरको अगाडी चिप्लिएर बेहो’स हुन पुगेका थिय। चिप्लिएर लडेका उक्त व्याक्तीलाई अस्पताल भर्ना गर्दा उनको मस्तिष्कमा रक्तस्राव भएको चिकित्सक ले पत्ता लगाएका थिय।अस्पतालमा उपचारार्थ उनको गत मार्चमा निध’न भएको थियो।
मृ’तकका परिवारले कार्यस्थल दुर्घट’ना क्षतिपुर्ती तथा अन्त्येष्टि खर्च भुक्तानी गर्नुपर्ने भन्दै सिओलको प्रशासनिक अदालतमा मुद्दा दाएर गरेका थिय।अदालतले कामदारको पक्षमा निर्णय गर्दै कार्यस्थल दुर्घट’ना क्षतिपुर्ती भुक्तान गर्नुपर्ने फैसला गरेको छ।
मृतकको परिवारले रोजगार तथा श्रम मन्त्रालय मातहतको सरकारी निकायसँग कार्यस्थल दुर्घट’ना क्षतिपुर्ती दिनुपर्ने भन्दै मुद्दा दायर गरेको लामो समयपछी अदालतले उनिहरुको पक्षमा निर्णय गरेको हो।
तर ईन्सुरेन्स एजेन्सीले उक्त मदिरा पार्टी कम्पनी तथा कम्पनीको व्यावस्थापन टिमले आयोजना नगरेको कारण उनको परिवारलाई कुनैपनी क्षतिपुर्ती दिलाउन नसकिने जानाकारी दिएको थियो।
तर अदालतले भने कर्मचारी उक्त कम्पनीको विभाग प्रमुख भएको र कामदार संग साहुको व्याक्तिगत सम्बन्ध नभएका कारण यस्तो वान टु वान पार्टीमा कम्पनी वा कम्पनी साहुको निगरानी हुनुपर्ने भएकाले यस्तो दुर्घटनालाई कार्यस्थल दुर्घट’ना मानिने भन्दै कानुन बमोजिम मृत’क परिवारलाई उचित क्षतिपुर्ती प्रदान गर्नुपर्ने पक्षमा फैसला गरेको हो।
अदालतले अत्यधिक मदिरा सेवनको कारण उक्त व्याक्तीको मृ’त्यु भएको पुस्टी गरेको छ।कोरियामा, एक वा एकभन्दा बढी कर्मचारीहरू भएको प्रत्येक कम्पनीहरुले बिमा एजेन्सीमा आफ्ना कामदारहरूको क्षतिपूर्ति बीमाको लागी अनिवार्य दर्ता गर्नुपर्ने बाध्यकारी नियम छ।