कोरियामा कडा हुरी,मेघ गर्जन सहित मुसलधारे बर्षा ! सचेत रहन आग्रह !

कोरिया समाचार

गुरुदत्त न्यौपाने/सिओल

दक्षिण कोरियाको राजधानी क्षेत्र सिओल र खाङ्वन्दो प्रान्तको उत्तरी भुभागहरुमा कडा हुरीका साथ भारी बर्षा भएको छ।

कोरियाली मौषम बिज्ञान बिभाग का अनुसार कोरियाको राजधानी सिओल,ईन्छन ,उत्तरी खाङ्वन्दो प्रान्त लगायत देशैभरीका अधिकाँश क्षेत्रहरुमा सोमबार बिहानैदेखी कडा हुरी बतास सहित भारी बर्षा भएको जानाकारी दिएको छ।

आज मात्रै करिव तिन घन्टाको अन्तरालमा ६० मिलिमिटर बर्षा भएको जनाएको छ भने १२ घण्टामा ११० मिलिमिटर वर्षा हुने अनुमान गरिएको छ।

मौसम एजेन्सीले देशको मध्य क्षेत्रहरू र उत्तरी ख्यङ्गीदो प्रान्तमा कडा हावा, मेघगर्जन र चट्याङका साथ मुसलधारे वर्षा भएको सुचना दिएको छ।

राजधानी क्षेत्र, खाङ्वन्दो प्रान्तका केही भागहरू र ऐल्लो सि को सीमा टापुहरूमा मंगलबारसम्म २०० मिलिमिटरसम्म पुग्ने अनुमान गरिएको छ, केही क्षेत्रमा ३०० मिलिमिटर भन्दा बढी वर्षा हुने पूर्वानुमान गरिएसंगै मौषम बिभागले उच्च शतर्कता अपनाउन अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *