दक्षिण कोरियामा निशुल्क छिगेछा (फोर्कलिफ्ट) तालिम हुँदै !

कोरिया समाचार

गुरुदत्त न्यौपाने/सिओल

दक्षिण कोरियामा कार्यरत विदेशी कामदार हरुलाई लक्षित गर्दै कोरियाको छाङवन वैदेशीक परामर्श केन्द्र ले निशुल्क छिगेछा तालिम गर्ने भएको छ।

छाङवन वैदेशिक परामर्श को २०२२ अन्तर्गतको विदेशी कामदारहरुको व्यावसायिक दक्षता विकास गर्ने उद्देश्यले प्रशिक्षार्थी विदेशी कामदार भर्ना गर्ने भएको हो।

सेप्टेम्बर २५ देखी नोभेम्बर २० तारिख सम्म हरेक हप्ताको आईतबार ६ /६ घन्टा गरेर आठ हप्ता जम्मा ४८ घन्टाको तालिम हुने भएको केन्द्रले आफ्नो फेशबुक पेजमा एक सुचना जारी गर्दै ईच्छुकहरुलाई समयमै आवेदन दिन अनुरोध गरेको छ।त्यो बिचमा अक्टोबर २३ तारिखको आईतबार भने बिदा हुने जानाकारी सुचनामा उल्लेख छ।

छाङवन हेवी ईक्विपमेन्ट प्रशिक्षण केन्द्रमा हुने उक्त तालिम केन्द्र सम्म पुग्न तालिम अबधीभर यातायात खर्च २५०० वोन र खाजा खर्च ६००० वोन समेत केन्द्रले बेहोर्ने बताएको छ।

जम्मा २५ जनाले भाग लिन सक्ने उक्त तालिममा छिटो आवेदन दिने २५ जनालाई मात्र समावेश गर्न सकिने भएकाले आवेदन दिन बिलम्ब नगर्न केन्द्रले आग्रह गरेको छ।

आवेदनका लागी परामर्श केन्द्रमा गई फर्म भरेर पेश गर्नुपर्ने उल्लेख छ।थप विस्तृतमा बुझ्न चाहनेहरुका लागी सेन्टरले आफ्नो सम्पर्क नम्बर समेत सार्वजनिक गरेको छ। १८९९-५००२ वा ०५५-२५३-५२७३ मा सम्पर्क गरी थप बुझ्न सकिनेछ।

केन्द्रले सार्वजनिक गरेको सुचना हेर्नुहोस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *