गुरुदत्त न्यौपाने/सिओल
दक्षिण कोरियाको सिओल महानगरीय सरकार ले अगस्ट महिनाको लागी जापान,ताईवान र मकाउबाट कोरिया आउने यात्रुहरुलाई भिषा बिना नै कोरिया प्रवेश अनुमति दिने घोषणा गरेको छ।
दक्षिण कोरियाको संस्कृति खेलकुद तथा पर्यटन मन्त्रालय,न्याय मन्त्रालय,पररास्ट्र मन्त्रालय र कोरिया रोग नियन्त्रण तथा रोकथाम निकायसंगको परामर्श पश्चात यि तिन देशबाट कोरिया प्रवेश गर्ने यात्रुहरुलाई अगस्ट महिनाको लागी भिषामुक्त प्रवेश दिने निर्णय भएको हो।
अगस्ट १० देखी १४ तारिख सम्म राजधानी सिओलमा आयोजना हुने सिओल फेस्टा महोत्सब २०२२ लाई लक्षित गर्दै सिओल महानगरीय सरकार ले यस्तो योजना सार्वजनिक गरेको हो।यससंगै राजधानी सिओल आउने विदेशी पर्यटकको सङ्ख्या बढने अपेक्षा गरिएको छ।
यो योजनाले कोभिड-१९ को फैलावटको बारेमा चिन्तित हुन सक्ने सियोलका नागरिकहरूको चिन्तालाई कम गर्नको लागी स्थानिय सहर सरकारले भाइरसको फैलावट रोक्न थप रोकथाम तथा सामाजिक दुरीका उपाएहरुको बिषयमा योजना बनाएको बताएको छ।
“जापान, ताइवान र मकाउ का नागरिकको भिसा-मुक्त प्रवेशले पर्यटन उद्योगलाई थप पर्यटकहरू आकर्षित गर्ने अवसर दिएको छ,” सियोल महानगर सरकारको पर्यटन र खेलकुद ब्यूरोका निर्देशक चोई क्युङ-जुले भने।
“भिसा-रहित प्रवेश अगस्ट महिनामा मात्र उपलब्ध हुने भए तापनि, हामी सियोलमा पर्यटनलाई जीवन्त बनाउन सक्दो प्रयास गर्नेछौं ताकि सहरका पर्यटकहरूले सियोलको आकर्षणलाई उत्कृष्ट रूपमा अनुभव गर्न सकून्।”उनले थपे