३ दिनको अविरल बर्षाको कारण जनतामा पर्न गएको असुविधा प्रति दक्षिण कोरियाली रास्ट्रपतिले मागे जनतासंग माफी !

कोरिया गतिबिधी

गुरुदत्त न्यौपाने/सिओल

दक्षिण कोरियाली रास्ट्रपति युन सुक युल ले गत सोमबार देखी आज बुधबार सम्म ३ दिन परेको अविरल बर्षाका कारण पर्न गएको असुविधा प्रति जनतासमक्ष सरकारको तर्फबाट माफी मागेका छन।

सिओल ,ईन्छन,ख्यङ्गिदो तथा खाङ्वनदो क्षेत्रमा ३ दिनदेखी आएको अविरल बर्षाको बिषयमा बसेको आकस्मिक सरकारी बैठकमा उनले जनतालाई बर्षा र बाढीको कारण खेप्नुपरेको समस्या र असुबिधा प्रति उनले सरकारको तर्फबाट माफी मागेका हुन।

दक्षिण कोरियामम ३ दिनको अविरल बर्षाको कारण ९ जनाको मृत्यु साथै सात जना बेपत्ता भएका छन।सिओल तथा ख्यङ्गिदो आसपासमा हजारौँ घर तथा भवन हरुमा क्षति भएको छ भने सब वे स्टेशन तथा सवारी साधनहरुमा ठुलो क्षति भएको छ।

“म पीडितहरूका लागि प्रार्थना गर्दछु र असुविधामा परेका जनतासँग सरकारको तर्फबाट माफी चाहन्छु,” उनले भने।

उनले आज बुधबार बसेको सरकारी बैठकमा बर्षाको कारण जोखिममा परेका तथा बाढीबाट प्रभावित हरुलाई यथासिघ्र सहयोग गर्न निर्देशन दिएका थिय।उनले आर्थिक अवस्था कमजोर भएका तथा शारीरिक रुपमा असक्तहरु बाढी तथा प्रकोपबाट बढी प्रभावित हुन सक्ने भन्दै त्यस्ता व्याक्तीहरुलाई सरकारले उचित ब्यावस्था गर्ने बताएका छन।

उनले मन्त्रिस्तरिय बैठकमा स्थानिय सरकार संग समन्वय गरेर बाढी बाट क्षति भएको कमजोर समुह पहिल्याई उचित ब्यावस्था गर्न निर्देश दिएका छन।साथै प्रभावित परिवारलाई दैनिक जिवनमा फर्किन सक्ने नसक्ने सुनिश्चित गरी त्यो अवधीसम्म सरकारले उचित सहयोग गर्नेपनि बताए।

हालैको वर्षा ११५ वर्ष पहिले मौसम पर्यवेक्षण सुरु भएदेखि सबैभन्दा ठूलो भएको उल्लेख गर्दै उनले असामान्य मौषम हुने समय भएतापनि यसलाई असामान्य लिन नहुने उल्लेख गरेका छन।यो दृस्टान्तले अव आउँदा दिनमा सम्भावित प्राकृतिक प्रकोपलाई सामना गर्न सक्नेगरी तयार रहनुपर्ने कुरामा सरकारले थप तयारी गर्ने आश्वासन दिएका थिय।

युनले आफ्ना नागरिकहरूको सुरक्षामा राज्यको “असीमित जिम्मेवारी” हुनुपर्ने भएकाले सरकारी कर्मचारीहरु लाई यस्तो अबस्थामा थप जिम्मेवार हुन आग्रह गरे !

Leave a Reply

Your email address will not be published. Required fields are marked *