गुरुदत्त न्यौपाने/सिओल
दक्षिण कोरियाको जनसङ्ख्या कम भएको ग्रामिण भेगमा बस्ने शर्तमा आउदो अक्टोबर देखी यहाँको न्याय मन्त्रालयले विदेशीहरुलाई पारिवारिक भिषा ( F-2 ) दिने भएको छ।
कोरियामा काम गर्ने जनशक्ति अभावका कारण विदेशी श्रमिकहरुलाई यहाँको बिभिन्न क्षेत्रमा काम गर्न आकर्षित गर्ने उद्देश्यले कोरिया सरकार अन्तर्गतको न्याय मन्त्रालयले यस्तो भिषा सुबिधा ल्याउन लागे संगै यहाँ भएका विदेशी नागरिकहरु लाभान्वित हुने भएका छन।
यो भिषा प्रणाली अन्तर्गत कोरिया सरकारले पहिलो परिक्षण चरण अन्तर्गत ५०० जना विदेशी नागरिकलाई दिने भएको छ।परिक्षण अबधी १ बर्षको रहनेछ,साथै यस अबधीभर यो प्रणाली प्रभावकारी देखिएमा यसलाई थप परिमार्जित गर्दै लम्ब्याउने भनिएको छ।
विशेष भिषा यानिकी पारिवारिक भिषा पाउनको लागी बिभिन्न शर्तहरु भने अनिवार्य गरिएको न्याय मन्त्रालयले निकालेको प्रेस नोटमा उल्लेख छ।
यो भिषा पाउनको लागी निम्न शर्तहरु अनिवार्य पुरा गर्नुपर्नेछ।
१ ~ जनसंख्या कम भएको भनेर निर्धारण गरेको क्षेत्रमा ५ बर्ष काम गर्ने अनिवार्य सर्त गर्नुपर्ने ।
२~ आवेदन दिदा उक्त क्षेत्रमा भएको कम्पनी संग १ बर्षको श्रम सम्झौता अनिवार्य
३ ~स्नातक तह उत्तीर्ण वा कोरियाको प्रतिब्यक्ती आयको ७०% आम्दानी देखाउनुपर्ने
४~कोरियन भाषामा TOPIK -3 급 , 사회통합프로그램 3 단계 पास गरेको हुनुपर्ने
५~ E-9,E-10 ,E-8,G-1 D-3,D-4, E-6-2, भिषा भएकाले आवेदन दिन पाउने छैनन ।
६~ कोरियामा आपराधिक क्रियाकलाप तथा अध्यागमनको नियम उल्लंघन नगरेको
७- भिषा प्राप्त गर्नेको श्रीमती/श्रीमानलाई पनि F-1 भिषा दिईने ( काम गर्ने अनुमती पनि दिइने छ) ।
८ कुन कुन क्षेत्रबाट परिक्षण हुँदैछ सेप्टेम्बर 5 तारिकमा hikorea को पेजबाट आधिकारिक रुपमा थप निर्णय आउनेछ ।
९~ परिक्षणको रुपमा ५०० जना भाग्यमानीलाई दिईनेछ ।
१०~ आवेदन दिने समय 2022-10-04 देखि 2023-10-03 सम्म रहनेछ
D2 र E-7-4 हरु सबै योग्य छन ।साथै यो भिषा प्रणाली कोरियामा हुने विदेशी नगरिकको लागी मात्र लागु हुनेछ।
माथीका बुँदाहरु मिन बि:क ले तयार पार्नुभएको हो।