कोरियाको आनसानमा बस्ने विदेशीहरुलाई खुशीको खबर !

कोरिया गतिबिधी

सिओल

आन्सान शहर, ख्यङ्गि प्रान्तका अनुसार यहि अगष्ट 12 देखि ‘बहुसांस्कृतिक नागरिक पुरस्कार’ को लागि उम्मेदवारहरू खुला रुपमा आव्हान गरेको छ ।

विदेशी कामदार, वैवाहिक आप्रवासी, बहुसांस्कृतिक सामाजिक एकीकरण योगदानकर्ता, संस्कृति र स्थानीय अर्थतन्त्रलगायत पाँच क्षेत्रहरूमध्ये प्रत्येकबाट एकजना विजेता छनोट गर्ने र उनीहरूलाई पुरस्कार प्रदान गर्ने योजना बनाएको छ।

आन्सन सहरका मेयर, सहरका प्रमुुुख व्यापारी र विदेशी सहयोगसँग सम्बन्धित संस्थाका प्रमुखले सिफारिस गर्न सक्छन्। आवेदकले यहि अगष्ट 24 सम्म आन्सान नुरिछिप बाट कागजात लिएर आप्रवासीहरुले ओरिजिनल कागजात पेेेश गर्नुपर्नेछ।

विजेताहरूलाई सार्वजनिक निर्णायक समितिद्वारा मूल्याङ्कन र स्क्रिनिङ मार्फत पुष्टि गरिनेछ, र अवार्ड समारोह अक्टोबरको शुरुमा अन्सान नागरिक दिवसको स्मरणार्थ कार्यक्रममा आयोजना गरिनेछ।

आन्सान शहर बहुसांस्कृतिक नागरिक ग्रान्ड प्राइज विदेशी कामदारहरू र कोरियन नागरिक संग बिबाह गरेका आप्रवासीहरूलाई खोज्ने र पुरस्कृत गर्ने यश योजनाले आन्सनमा बस्ने विदेशीहरू बीच क्षेत्रीय विकास र सामाजिक एकीकरणमा योगदान पुर्‍याएका आप्रवासीलाई थप हौसला प्रदान गर्ने जनाईएको छ । 2009 देखि शुरु भएको यश कार्यक्रममा 2020 सम्म आउँदा 32 जना आप्रवासीहरु पुरस्कृत भएका छन

थप जानकारीको लागि, कृपया विदेशी निवासी सहायता केन्द्रमा रहेको विदेशी निवासी नीति टोली (☎031-481-3301) लाई सम्पर्क गर्नुहोस्।

HelloKoreanepal

Leave a Reply

Your email address will not be published.