दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा झापाका खतिवडा पक्रा*उ

कोरिया समाचार

काठमाडौं

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ७ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। झापा अर्जुनधारा नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-६ सितापाइला बस्ने ३४ वर्षीय दिनेश खतिवडालाई बिहीबार प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-९ मुक्पाटर घर भई काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने ४० वर्षीय पुरूषलाई दक्षिण कोरियामा प्रतिष्ठित होटलमा मासिक २ लाख ५० हजार रुपैयाँ तलब पाउने गरी काम लगाइदिने आश्वासन दिएका थिए।

त्यसका लागि १० लाख रुपैयाँ लाग्छ भनि प्रलोभनमा पारी नगद ७ लाख ५० हजार रुपैयाँ लिएका थिए। त्यसरी ठगी गरेको आरोपमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

उनलाई प्रहरीले मिनभवनबाट पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *