दक्षिण कोरियामा ४ बर्ष श्रम गरेर फर्किएका ठगेन्द्र न्यौपानेले गरे संघिय संसदमा स्वतन्त्र उमेद्वारी घोषणा !

कोरिया समाचार

सिओल

दक्षिण कोरियामा ४ बर्ष श्रम गरेर फर्किएका ठगेन्द्र न्यौपानेले संघिय संसदमा स्वतन्त्र उमेद्वारी घोषणा गरेका छन।

२०१५ सालमा इपियस मार्फत दक्षिण कोरियाको श्रमिकको रुपमा प्रवेश गरेका उनी कोरियाको दोस्रो ठूलो सहर बुसानमा कार्यरत थिए।दक्षिण कोरियाको नेपाली दुतावासले श्रम कोरियामा उधम नेपालमा भन्ने शिर्षकमा खुल्ला निबन्ध प्रतियोगितामा प्रतिस्पधी भई उनी उत्कृष्ट निबन्धकारको रुपमा पुरस्कृत भएका थिए।

निबन्धको सिद्धान्तलाई व्यवहारमा उतार्ने कठिन महत्वकांक्षामा होमिदै उनी दक्षिण कोरियाको काम छोडेर नेपाल फर्किएका थिए।करिब ३ बर्ष नेपाल बसी सामुहिक कृषि गरिरहेका उनी स्थानिय रुपमा मेहनती युवाको रुपमा परिचित रहेका छन।

कोरियामा रहदा सामाजिक गतिविधिका गलत कार्यहरुको खरो विरोधी उनी अग्रपंक्तिमा उभिन्थे।लेख,रचनाको मार्फतबाट प्रवाशी मजदुरका समस्या र हुन्डीको विरोधमा उभिन्थे।दुतावास,श्रम कार्यलयको नियमित सम्पर्कमा रहने उनी मजदुरका समस्या उठानमा उत्तिकै सकृय रहन्थे।

बुसानका नेपालीमा लोकप्रिय छवि बनाएका उनले काम खोज्न सघाउने देखि,विरामीलाई सान्तवना दिन अस्पतालमै पुगिरहन्थे।नेकपा एमाले समर्थित प्रवास संगठनमा सकृय उनी सबै विचार समर्थित युवासंग समन्वकारी भुमिकामा देखिन्थे।उनको उमेद्वारी स्थानिय रुपमा नबुझिएको भएपनि कोरियाको लोकप्रियता अनुसार राष्ट्रिय दलहरुलाई निक्कै महगो हुने आकलन गरिएको छ।

प्रवासको सीप र पुजीबाट नेपालमा उधम गर्न कसिरहेका ठगेन्द्र कोरियामा रहने नेपालीहरुका समेत आशा र भरोसाका केन्द्र हुन।हेरौ उनले जितेको खण्डमा कोरिया लगायत प्रवासका समस्या र रेमिट्यान्सको सहि सदुपयोग हुन्छ वा हुदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *