सिओल
दक्षिण कोरियामा काम गरि नेपाल फर्किएर बिभिन्न नगरपालिका तथा गाउँपालिका अध्यक्ष जितेका टिम संग कोरिया–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष ली साङ् हनले भेट गरेका छन् l
भेटमा हनले भविष्यमा नेपाल फर्कने कामदारहरूको भविष्य र उनीहरूले कुन रूपमा नेपालको विकासमा योगदान गर्ने भन्ने तरिकाहरूबारे छलफल गरेका छन l साथै मेयर तथा पालिका अध्यक्षहरुले कोरियाको कामको अनुभवहरु स्मरण गर्दै देशलाई समुन्नत बनाउन लागिपर्नु पर्ने बताएका थिए l
उक्त भेटघाटको पहल कोरिया माइग्रेन्ट हाउस तथा किम्हे माइग्रेन्ट प्रमुख यज्ञराज सुवेदीले गर्नु भएको थियो साथै नेपाल स्थिति एसिया फोरम प्रमुख सिद्दी बरालले उक्त कार्यक्रमको सहजिकरण गर्नु भएको थियो । पहल कर्ताहरुले सकेसम्म छिटो उक्त टिमलाइ कोरिया अध्यन भ्रमण गराउने तयारी गरिरहेको बताएका छन l
उक्त भेटघाटले कोरियामा काम गर्न आउने नेपाली श्रमिकहरु अत्यन्तै सक्षम छन र भोलि नेपाल फर्किसकेपछि देशको लागी ठुलो योगदान गर्न सक्छन भन्ने सन्देश कोरियन समाजमा पर्न जाने किम्हे माइग्रेन्ट प्रमुख यज्ञराज सुवेदीले बताउनु भयो l
हेल्लो नेपाल कोरिया डटकममा किशन गौतमको रिपोर्ट