मामाघर नेपाल सहयोगार्थ “GKS द्वारा अहिले सम्मकै धेरै धनराषिको फुटसल प्रतियोगिता आयोजना” हुने !

कोरिया समाचार

सिओल

GKS द्वारा २०२२ अक्टोबर ९ तारिक का दिन कोरियाको राजधानि सउल पछि नेपालि समुदाय भेला हुने शहर गिम्हेमा फुटसल प्रतियोगिता हुन लागेको हो। सडक बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको मामाघर नेपाल सहयोगार्थ “गिम्हे गोल्डकप” को नाफाबाट नेपालमा सहयोग रकम पठाउन सकिए सडक बालिकाको उद्दारमा खटिएको मामाघर नेपाललाई या भनौं ति साना नानिहरुलाई थोरै नै किन नहोस् तर सहायता पुग्नेछ।

कोरियामा नेपालि समुदाय अझ भन्दा फुटबल खेलाडिहरु माझ फुटसल दिनानुदिन लोकप्रिय बन्दै आईरहेको सिनारियो बिच GKS द्वारा फुटसलमा अहिले सम्मकै धेरै धनराषि सहितको फुटसल प्रतियोगिता आयोजनाले द. कोरियामा रहेका फुटबल क्लवहरु बिच अझै उत्साह जाग्नेमा आफु विश्वस्त रहेको GKS का संस्थापक श्री प्रशान्त राज बानियाँ बताउनुहुन्छ।प्रथम पुरस्कार ३५ लाख वन सहित ट्रफि+मेडल+प्रमाणपत्र, द्वितीय २० लाख वन सहित ट्रफि+मेडल+प्रमाणपत्र, सान्तवना दुई टिमलाई ७ वन+प्रमाणपत्र लगायत अन्य बिधामा पनि पुरस्कार रहने छ।

सेप्टेम्बर ३ तारीख बाट टिम दर्ता गर्न सकिने उक्त प्रतियोगितामा द. कोरिया भर रहनुभएका सबै फुटबल क्लब,सबै जातिय-क्षेत्रीय समुदाय,व्यापारि,विधार्थि लगायत सबै नेपालिहरुमा टिम दर्ता लगायत न्यानो सहभागिताको लागि हार्दिक निमन्त्रण र कार्यक्रम सफल बनाउन तपाई द. कोरियामा रहनुहुने सबैमा आग्रह आयोजक बाट गरिएको छ।

उक्त फुटसल प्रतियोगिता यसअघि तामाङ संघ ख्यङ्साङ र तमुधिं ख्यङ्साङले आयोजना गरेकै फुटसल मैदान मै हुने कुरा पनि आयोजक बाट प्राप्त भएको छ।प्रतियोगिताको थप जानकारि पोष्टरमा र सम्पर्कका लागि राखिएका व्यक्तित्वहरु मा सम्पर्क गर्न सक्नुहुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *