सिओल
नेपाल सरकारले दक्षिण कोरियाबाट फर्केका श्रमिक कामदारहरुको स्थिर पुनःएकीकरणसम्बन्धी आयोजना सञ्चालनका लागि प्राप्त हुने ८ मिलियन अमेरिकी डलर (करिब १ अर्ब रुपैयाँ) बराबरको अनुदान सहायता स्विकार गर्ने निर्णय गरेको छ ।
२१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले दक्षिण कोरिया सरकारबाट उक्त अनुदान सहायात स्वीकार गर्ने निर्णय गरेको नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
दक्षिण कोरियामा श्रम गरी नेपाल फर्किएर आफ्नो देशमै केही गर्ने योजना बनाउने यूवाहरुलाई स्थिर पुन एकिकरण र एकताबद्द गर्ने उद्देश्य अनुरुप गरिने कोरियाली सरकारको योजना मुताविक गर्न लागेको करिव १ अर्व नेपाली रुपैँया नेपाल सरकारले स्विकार गर्ने भएको छ।
कोरियामा श्रम गरेर फर्किएका यूवाहरु लाभान्वित हुने आशा गरिएको यो सहयोग मार्फत ति यूवाहरुलाई एकतावद्द गरिने,स्वावलम्बी तालिम लगायत सहयोग गरिने भएसंगै कोरियाबाट फर्किएका यूवाहरु उत्साहित भएका छन।