कोरियामा बृहत् साहित्य मेला भव्य रूपले सम्पन्न

कोरिया समाचार

सिओल

अनेसास कोरिया च्याप्टरले यो वर्ष पनि दक्षिण कोरियाको राजधानी सोलमा काव्यसुधाको १५३औं शृङ्खला “बृहत् साहित्य मेला” भव्य रूपले सम्पन्न गर्‍यो ।

कोरियामा चर्चित कवि खोम गुरुङ, विजयता भण्डारी, मातृहाङ नेम्बाङले हृदयस्पर्शी कविता वाचन गरेका थिए । त्यस्तै, प्रसिद्ध गजलकार कृष्ण भण्डारी, कृष्ण रिजाल, रेशम अधिकारीले उत्कृष्ट गजल सुनाएका थिए । कार्यक्रममा मुक्तककार रुशन सुवेदी, प्रचण्ड साप्कोटा र समीप खेम पुनले सुन्दर मुक्तक प्रस्तुत गरेका थिए । यसरी कविता, गजल र मुक्तक विधाका स्रस्टाका दमदार रचना वाचनसँगै उपस्थित साहित्यकारहरूको रचना वाचनले माहोल तातेको थियो ।

च्याप्टरका अध्यक्ष ह्यारी बोण्डको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रवासमा आएर पनि साहित्यको यति राम्रो माहोल बनाउन सफल भएकोमा खुशी व्यक्त गर्दै प्रमुख अतिथि नेपाली दूतावास कोरियाकी श्रम सहचारी रमा भट्टराईले अनेसासको उत्तरोत्तर प्रगतिको कामना गरिन् । कार्यक्रममा विशेष अतिथिका रूपमा उपस्थित नेपाल मुक्तक प्रतिष्ठान कोरियाका अध्यक्ष आरएन अधिकारी एवम् इतर अभियानका शीर्षविन्दु पराजित पोमुले अनेसास कोरियाले नेपाली साहित्यको विकास र विस्तारमा टेवा पुर्याइरहेको र यस कार्यमा आफू पनि सँगै रहेको कुरा व्यक्त गरे ।

च्याप्टरका वरिष्ठ उपाध्यक्ष रामचन्द्र शर्माले संयोजन गरेको उक्त कार्यक्रमको सञ्चालन महासचिव लोकराज न्यौपानेले गरेका थिए । भाषासाहित्य​, सङ्गीत र​ कलाको विकास, विस्तार​ र​ उन्नय​न​मा अन​व​र​त सक्रिय​ संस्था अनेसास कोरिया च्याप्ट​रले भानु ज​य​न्ती, ल​क्ष्मी जयन्ती, मोती जयन्तीलगाय​त विभिन्न सन्दर्भ विशेष कार्यक्रम तथा स्र​ष्टा सम्मान, कविता प्रतियोगिताजस्ता सम्मेल​न​को आयोजना गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *